Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

वक्यौता तिर्नेगरी बजेट विनियोजन नहुने हो भने बीमा कसरी चल्छ : प्रदीप पौडेल


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा ४० अर्ब रुपैयाँ विनियोजन गर्न आवश्यक रहेको बताएका छन् ।

अगामी आर्थिक वर्षको बजेटबारे सोमवार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले गत आर्थिक वर्षमा साढे सात अर्ब रुपैयाँ मात्र बजेट छुट्याइएपनि त्यो पर्याप्त नभएको बताएका छन् । उनकाअनुसार त्यतिबेला अस्पतालहरूले बीमा बोर्डबाट पाउनुपर्ने वक्यौता मात्रै १६ अर्ब रुपैयाँ रहेको थियो । उनले वक्यौता तिर्नेगरी बजेट विनियोजन नहुने हो भने बीमा कसरी चल्छ ? भन्दै प्रश्न गरेका छन् । उनले चालु आर्थिक वर्षमा महिनाको औषत खर्च २ अर्ब रुपैयाँको दरले १२ महिनाको २४ अर्ब खर्च हुने अनुमान रहेको बताउदै गत वर्षको बाँकी १३ अर्ब रुपैयाँ वक्यौता समेत समावेश गर्दा कुल ३७ अर्ब पुग्ने उल्लेख गर्दै मन्त्री पौडेलले बीमा बोर्डको सञ्चालन खर्च पनि जोडेर कुल ४० अर्ब रुपैयाँ आवश्यक पर्ने स्पष्ट पारेका छन् ।

उनले भने, ‘गत आर्थिक वर्षमा निवर्तमान अर्थमन्त्रीज्युले गत आर्थिक वर्ष २०८०/८१ काल लागि बीमा कार्यक्रमका लागि साढे सात अर्ब रुपैयाँ विनियोजन गरिएको बताउनु भयो । उहाँले जुन बेला यो बोलि बोल्नुभयो त्यो बेला बीमा बोर्डले अस्पताललाई तिर्नुपर्ने वक्यौता १६ अर्ब थियो । अब वक्यौता तिर्नेगरी पनि बजेट विनियोजन नहुने हो भने यो बीमा कसरी चल्छ ? गत आर्थिक वर्षको बजेट र चालु आर्थिक वर्षको लागत तिर्नेगरी यो वर्ष बजेटमा ४० अर्ब रुपैयाँ विनियोजन गर्न जरुरी छ । एक महिनाको खर्च दुई अर्ब आउँछ भन्ने हिसाव । त्यसआधारमा १२ महिनाको २४ अर्ब आउँछ । गएको आर्थिक वर्षको वक्यौता १३ अर्ब छ । त्यो समेत लगाउँदा ३७ अर्ब भयो । बीमा बोर्ड पनि चल्नुपर्ने होला नि । त्यसकारण ४० अर्बको हारहारीमा बजेट छुट्याउन जरुरी छ । त्यसकारण मैले प्रष्टसँग भनेको छु । ४० अर्ब बजेट विनियोजन गरिएमात्र अहिलेको प्रणालीको बीमा चल्छ ।’

सरकारको लगानी र नागरिकको योगदानबाट बीमा बोर्ड चलाउनुपर्ने उनको भनाइ छ । उनले योगदान नागरिक कोषलाई दिने र उपचार सेवा बीमा बोर्डबाट लिने मोडल उचित नहुने उल्लेख गरेका छन्।


प्रकाशित मिति: १६ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?