Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

वक्यौता तिर्नेगरी बजेट विनियोजन नहुने हो भने बीमा कसरी चल्छ : प्रदीप पौडेल


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा ४० अर्ब रुपैयाँ विनियोजन गर्न आवश्यक रहेको बताएका छन् ।

अगामी आर्थिक वर्षको बजेटबारे सोमवार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले गत आर्थिक वर्षमा साढे सात अर्ब रुपैयाँ मात्र बजेट छुट्याइएपनि त्यो पर्याप्त नभएको बताएका छन् । उनकाअनुसार त्यतिबेला अस्पतालहरूले बीमा बोर्डबाट पाउनुपर्ने वक्यौता मात्रै १६ अर्ब रुपैयाँ रहेको थियो । उनले वक्यौता तिर्नेगरी बजेट विनियोजन नहुने हो भने बीमा कसरी चल्छ ? भन्दै प्रश्न गरेका छन् । उनले चालु आर्थिक वर्षमा महिनाको औषत खर्च २ अर्ब रुपैयाँको दरले १२ महिनाको २४ अर्ब खर्च हुने अनुमान रहेको बताउदै गत वर्षको बाँकी १३ अर्ब रुपैयाँ वक्यौता समेत समावेश गर्दा कुल ३७ अर्ब पुग्ने उल्लेख गर्दै मन्त्री पौडेलले बीमा बोर्डको सञ्चालन खर्च पनि जोडेर कुल ४० अर्ब रुपैयाँ आवश्यक पर्ने स्पष्ट पारेका छन् ।

उनले भने, ‘गत आर्थिक वर्षमा निवर्तमान अर्थमन्त्रीज्युले गत आर्थिक वर्ष २०८०/८१ काल लागि बीमा कार्यक्रमका लागि साढे सात अर्ब रुपैयाँ विनियोजन गरिएको बताउनु भयो । उहाँले जुन बेला यो बोलि बोल्नुभयो त्यो बेला बीमा बोर्डले अस्पताललाई तिर्नुपर्ने वक्यौता १६ अर्ब थियो । अब वक्यौता तिर्नेगरी पनि बजेट विनियोजन नहुने हो भने यो बीमा कसरी चल्छ ? गत आर्थिक वर्षको बजेट र चालु आर्थिक वर्षको लागत तिर्नेगरी यो वर्ष बजेटमा ४० अर्ब रुपैयाँ विनियोजन गर्न जरुरी छ । एक महिनाको खर्च दुई अर्ब आउँछ भन्ने हिसाव । त्यसआधारमा १२ महिनाको २४ अर्ब आउँछ । गएको आर्थिक वर्षको वक्यौता १३ अर्ब छ । त्यो समेत लगाउँदा ३७ अर्ब भयो । बीमा बोर्ड पनि चल्नुपर्ने होला नि । त्यसकारण ४० अर्बको हारहारीमा बजेट छुट्याउन जरुरी छ । त्यसकारण मैले प्रष्टसँग भनेको छु । ४० अर्ब बजेट विनियोजन गरिएमात्र अहिलेको प्रणालीको बीमा चल्छ ।’

सरकारको लगानी र नागरिकको योगदानबाट बीमा बोर्ड चलाउनुपर्ने उनको भनाइ छ । उनले योगदान नागरिक कोषलाई दिने र उपचार सेवा बीमा बोर्डबाट लिने मोडल उचित नहुने उल्लेख गरेका छन्।


प्रकाशित मिति: १६ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?