Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

आन्दोलनरत चिकित्सकहरुले वैशाख ११ गते स्वास्थ्य मन्त्रालय घेर्ने


काठमाडौँ। निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु वैशाख ११ गतेदेखि देशभरका स्वास्थ्य संस्था ठप्प पारेर आन्दोलनमा उत्रिने भएका छन् ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल चिकित्सक संघले यस्तो चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा डा. तेजशु मल्लले वैशाख ११ गते देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने बताएका छन् । उनले काठमाडौं उपत्यकामा रहेका निजी मेडिकल कलेजमा कार्यरत चिकित्सकहरुले माईतीघर मण्डलमा जम्मा भइ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेर्ने बताए । उनले २८ दिनदेखि जारी चिकित्सकको आन्दोलनप्रति सरकार गैरजिम्मेवार र उदासिन भएको आरोप लगाउदै निजी स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण चिकित्सकहरुलाई आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरी आन्दोलनमा उत्रिन आग्रह गरेका छन् । निजी मेडिकल सञ्चालकले मानसिक दबाब दिएर आत्मसम्मानमाथि गम्भीर प्रहार गरेको उनको भनाइ छ । उनले आन्दोलन व्यक्तिगत स्वार्थको लागि नभइ सम्पूर्ण आवासीय चिकित्सकको भविष्य, अधिकार र आत्मसम्मानका लागि भएको बताए ।

उनले भने, ‘विगत २८ दिनदेखि चिकित्सकहरुको माग सम्बोधन गर्न राज्यले गरेको उदासिनप्रति नेपाल चिकित्सक संघ स्तब्ध भएको छ । चिकित्सक शिक्षा आयोगले १६ औँ पूर्ण बैठकको निर्णय कार्यान्वयन नहुनु र चिकित्सक शिक्षा आयोगले शैक्षिक कार्यक्रम अनुसार निजी र सरकारी प्रतिष्ठानहरुमा एकैचोटी म्याचिङ प्रक्रिया नगराईकन यो स्थिति आएको संघको ठहर छ । हामी पटक पटक समाधानको पहल गरी र मिति २०८१ चैत ३१ गते ७२ घण्टा अल्टिमेटन दिँदा पनि राज्यले ठोस कदम नचालेकोले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । चिकित्सक शिक्षा आयोगले १८ औँ बैठकको कार्यदलको बैठकमा १६ औँ बैठकको निर्णय कार्यान्वयन र आन्दोलित चिकित्सकहरुलाई ससम्मान काममा बोलाउनुपर्ने अडान राख्दा पनि हालसम्म सरकारद्वारा कुनैपनि पहल कदमी नहुनु दुःखद् छ । समस्याको समाधान गर्न जिम्मेबार हुनुभन्दा यस संस्थाका पदाधिकारी र संस्थालाई नै तुच्छ शब्द प्रयोग गरी कपोकल्पित आरोप लागाई भ्रम छेड्ने काम गर्ने एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजका पदाधिकारीहरुको कार्यको घोर भत्र्सना गर्दछौँ । साथै आरोप पुष्टि गर्न पनि खुला चुनौती दिन चाहन्छौँ । आन्दोलनका कार्यक्रम थप सशक्त बनाउनु पर्ने आवश्यकतालाई महसुुस गरी निजी मेडिकल कलेजमा काम गर्ने सम्पूर्ण चिकित्सकहरुलाई आफ्नो आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण काम छोडी संघर्षमा आउन आह्वान गर्दछौँ ।देशभरका सम्पूर्ण चिकित्सकहरुलाई मिति २०८२ वैशाख ११ गते बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न र उपत्यकाका भित्रका सम्पूर्ण चिकित्सकलाई माईतीघरमा जम्मा भइ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आह्वान गर्दछौँ । साथै २४ घण्टासम्ममा हाम्रो माग सम्बोधन नभए देशभरीका आकस्मिक तथा सघन उपचार सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने कुरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौँ । चिकित्सकहरुको आत्मसम्मानको यो आन्दोलन सफल पार्न देशभरका नागरिक, नागरिक समाज, पेशागत सगठन मेडिकल सोसाइटीहरु, बुद्धीजीवीहरु तथा पत्रकारलगायत सम्पूर्ण नेपाली चिकित्सक संघ हार्दिक आह्वान गर्दछौँ ।’

संघले आन्दोलन गर्नु बाध्यता भएको बताएको छ । सर्वसाधारणमा पर्न गएको असुविधाप्रति संघले माफी माग्दै यसको सम्पूर्ण जिम्मेवार सरकार हुने जनाएको छ ।


प्रकाशित मिति: ११ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?