Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

सचेतनामुलक कार्यक्रम गरी विश्व औलो दिवस मनाइयो


काठमाडौँ। विश्व औलो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

शुक्रवार विश्व औलो दिवस २०८२ को अवसरमा जनस्वास्थ्य कार्यालय भक्तपुरले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेको छ । सन् २००३ मा बसेको विश्व स्वास्थ्य सम्मेलनको ६० औँ सभाले सन् २००८ देखि २५ अप्रिललाई विश्व औलो दिवस मनाउने निर्णय गरेको थियो ।

सोहीअनुरूप पनि हरेक वर्ष नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व औलो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘पुनः लगानी, पुनः सोच र पुनःजागरणः हामीबाटै औलो निवारण’ नारा राखिएको छ । विश्वव्यापी रूपमा औलो निवारणको लक्ष्य हासिल गर्न, औलोको रोकथाम र नियन्त्रणका प्रयासहरूमा नयाँ प्रतिबद्धता नविन समाधानका उपायहरू र थप लगानीको आवश्यकता रहेको यो नाराले सन्देश दिएको छ । साथै, सरोकारबालाहरूलाई औलोसँग लड्न नयाँ तरिकाले सोच्न र पुनः जागृत हुन प्रेरित गरेको छ । औलो अर्थात् मलेरिया एक परजीवी जन्य रोग हो । जो प्लाज्मोडियम परजीवीका कारण हुन्छ । यो रोग मुख्य रूपमा लामखुट्टेको टोकाइ (विशेष गरी एनोफिलस प्रजातिको लामखुट्टे) मार्फत सर्छ । यसका लक्षणहरू ज्वरो, टाउको दुख्ने, मांसपेशी दुख्ने, थकान, वाकवाकी, र बान्ता हुने जस्ता रहेका छन् । समयमा उपचार नपाए यसबाट मानिसको मृत्यु समेत हुनसक्ने चिकित्सकहरू बताउँछन् ।

नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?