Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सचेतनामुलक कार्यक्रम गरी विश्व औलो दिवस मनाइयो


काठमाडौँ। विश्व औलो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

शुक्रवार विश्व औलो दिवस २०८२ को अवसरमा जनस्वास्थ्य कार्यालय भक्तपुरले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेको छ । सन् २००३ मा बसेको विश्व स्वास्थ्य सम्मेलनको ६० औँ सभाले सन् २००८ देखि २५ अप्रिललाई विश्व औलो दिवस मनाउने निर्णय गरेको थियो ।

सोहीअनुरूप पनि हरेक वर्ष नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व औलो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘पुनः लगानी, पुनः सोच र पुनःजागरणः हामीबाटै औलो निवारण’ नारा राखिएको छ । विश्वव्यापी रूपमा औलो निवारणको लक्ष्य हासिल गर्न, औलोको रोकथाम र नियन्त्रणका प्रयासहरूमा नयाँ प्रतिबद्धता नविन समाधानका उपायहरू र थप लगानीको आवश्यकता रहेको यो नाराले सन्देश दिएको छ । साथै, सरोकारबालाहरूलाई औलोसँग लड्न नयाँ तरिकाले सोच्न र पुनः जागृत हुन प्रेरित गरेको छ । औलो अर्थात् मलेरिया एक परजीवी जन्य रोग हो । जो प्लाज्मोडियम परजीवीका कारण हुन्छ । यो रोग मुख्य रूपमा लामखुट्टेको टोकाइ (विशेष गरी एनोफिलस प्रजातिको लामखुट्टे) मार्फत सर्छ । यसका लक्षणहरू ज्वरो, टाउको दुख्ने, मांसपेशी दुख्ने, थकान, वाकवाकी, र बान्ता हुने जस्ता रहेका छन् । समयमा उपचार नपाए यसबाट मानिसको मृत्यु समेत हुनसक्ने चिकित्सकहरू बताउँछन् ।

नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?