Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

दोस्रो सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा


काठमाडौँ। वैशाख १८ देखि २० गतेसम्म सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

सम्मेलन नेपाल इन्स्टिच्युट अफ मेण्टल हेल्थको आयोजनामा चितवन मेडिकल कलेजमा हुन लागेको आयोजक समितिका संयोजक अमेरिकास्थित हार्वर्ड मेडिकल स्कुलका सहप्राध्यापक मनोचिकित्सक डा. श्रीधर पौडेलले जानकारी दिएका छन् । पौडेलकाअनुसार गाउँ र जिल्लामा बस्नेहरुलाई समेत मानसिक स्वास्थ्यका बारेमा जानकारी दिने सम्मेलनको मुख्य उद्देश्य रहेको छ । उनले सम्मेलनमा एक सयभन्दा बढी प्रश्तुतीकरणहरु हुने बताएका छन् ।

उनले भने, ‘मानसिक स्वास्थ्यको अवस्था दुई खालले हेर्न सकिन्छ । पहिलो मानिसहरुले कसरी उपचार पाइरहेका छन् । लगभग एक सयमा १० जनाले मात्र उपचार पाइरहेका छन् । यो मध्ये पनि धेरै गहन खालको मानसिक स्वास्थ्य समस्या थोरै मान्छेमा हुन्छ । तर यसको उपचार भने ग्रामीण क्षेत्रमा नभएकाले समस्या गाउँमा नै छ । त्यही भएर हामीले पहिलो सम्मेलन जुम्लामा गएर एक सय पचास मानिस लगेर सम्मेलन गरेको थियौं । मानसिक स्वास्थ्यमा सबैले समान सुविधा पाउनुपर्छ भनेर नै गाउँ केन्द्रित भएका हौँ ।’

सम्मेलनले मानसिक स्वास्थ्य सम्बन्धी घोषणा पत्र जारी गर्ने आयोजकले जानकारी दिएको छ । यसअघि पहिलो सम्मेलन जुम्लामा भएको थियो ।


प्रकाशित मिति: १६ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?