Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

दोस्रो सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा


काठमाडौँ। वैशाख १८ देखि २० गतेसम्म सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

सम्मेलन नेपाल इन्स्टिच्युट अफ मेण्टल हेल्थको आयोजनामा चितवन मेडिकल कलेजमा हुन लागेको आयोजक समितिका संयोजक अमेरिकास्थित हार्वर्ड मेडिकल स्कुलका सहप्राध्यापक मनोचिकित्सक डा. श्रीधर पौडेलले जानकारी दिएका छन् । पौडेलकाअनुसार गाउँ र जिल्लामा बस्नेहरुलाई समेत मानसिक स्वास्थ्यका बारेमा जानकारी दिने सम्मेलनको मुख्य उद्देश्य रहेको छ । उनले सम्मेलनमा एक सयभन्दा बढी प्रश्तुतीकरणहरु हुने बताएका छन् ।

उनले भने, ‘मानसिक स्वास्थ्यको अवस्था दुई खालले हेर्न सकिन्छ । पहिलो मानिसहरुले कसरी उपचार पाइरहेका छन् । लगभग एक सयमा १० जनाले मात्र उपचार पाइरहेका छन् । यो मध्ये पनि धेरै गहन खालको मानसिक स्वास्थ्य समस्या थोरै मान्छेमा हुन्छ । तर यसको उपचार भने ग्रामीण क्षेत्रमा नभएकाले समस्या गाउँमा नै छ । त्यही भएर हामीले पहिलो सम्मेलन जुम्लामा गएर एक सय पचास मानिस लगेर सम्मेलन गरेको थियौं । मानसिक स्वास्थ्यमा सबैले समान सुविधा पाउनुपर्छ भनेर नै गाउँ केन्द्रित भएका हौँ ।’

सम्मेलनले मानसिक स्वास्थ्य सम्बन्धी घोषणा पत्र जारी गर्ने आयोजकले जानकारी दिएको छ । यसअघि पहिलो सम्मेलन जुम्लामा भएको थियो ।


प्रकाशित मिति: १६ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?