Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय तत्काल कार्यान्वयन होस्ः चिकित्सकहरु


काठमाडौँ। आवासीय चिकित्सकहरुलाई आठौं तहको मेडिकल अधिकृतको तलव सरह निर्वाह भत्ता दिन माग गर्दै चिकित्सकहरुले आज पनि आन्दोलन गरेका छन् ।

शुक्रवार माईतीघर मण्डलामा भेला भइ निजी अस्पतालहरुमा काम गर्ने चिकित्सकहरुले आठौ तहको मेडिकल अधिकृतको तलव सरह निर्वाह भत्ता दिन माग गर्दै आन्दोलन गरेका हु्न् । चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले नेपालभर आवासीय चिकित्सकहरुलाई आठौं तहको मेडिकल अधिकृतको तलव सरह निर्वाह भत्ता दिने निर्णय गरेको थियो । गत वर्षको माघ २५ गते भएको उक्त निर्णय कार्यान्वयनमा सरकारले गम्भीरता नदेखाएको र निजी मेडिकल कलेजहरुले समेत दिन नसक्ने भनिरहेको भन्दै त्यसप्रति सचेत गराउनका लागि आफूहरुले आन्दोलन गरिरहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले बताएका छन् । उनले चिकित्सा शिक्षा आयोगको उक्त निर्णय कार्यान्वयनमा सरकारले तदारुकता देखाउनुपर्ने बताए। २९ दिनसम्म आउँदा पनि कतैबाट सुनुवाई नभएपछि नेपाल चिकित्सक संघले नेतृत्व गरेर आन्दोलन भइरहेको बताएका छन् ।

उनले भने, ‘चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले नेपालभर आवासीय चिकित्सकहरुलाई आठौं तहको मेडिकल अधिकृतको तलव सरह निर्वाह भत्ता दिने निर्णय गरेको छ । यो निर्णय माघ २५ गते भएको थियो । त्यसपछि निजी मेडिकल कलेजले हामीले सक्दैनौँ भनिरहेको अवस्था र राज्यले त्यसलाई कार्यान्वयन गर्न तदारुकता नदेखाएको स्थिति थियो । बीचमा आएर जुन म्याचिङ भन्ने एउटा प्रक्रिया हुन्छ । लिखित पास गरिसकेपछि कुन कलेज छान्ने, के छान्ने भन्नेमा सरकारी सिटहरुमा मात्रै म्याचिङ खुल्यो, निजी कलेजहरुमा म्याचिङ खुलेन । के रहेछ भने उहाँहरुले पढाउन सक्दैनौँ भनेको कारणले गर्दा उहाँहरुले म्याचिङ प्रक्रियामा नहाल्निुस् भनेपछि नखुलेको भन्ने जानकारी भयो । पढ्न जानेलाई पनि समस्या भने । उहाँहरु मुद्दामा जानुभयो । जो बिजीको तालिममा छिर्ने भन्ने । जसले काम गरिरहनुभएको थियो, उहाँहरुले पनि निर्णय कार्यान्वयन नहुने भन्ने शंका भएपछि उहाँहरु सडकमा आउनुभयो । २९ दिनसम्म आउँदा पनि कतैबाट सुनुवाई नभएपछि नेपाल चिकित्सक संघले नेतृत्व गरेर अहिले आन्दोलनमा छौँ । सडकमा रहेका चिकित्सकहरुलाई विभिन्न मेडिकल कलेजबाट शारीरिक, शैक्षिक, भौतिक विभिन्न किसिमका कारबाही गर्ने चेतावनी प्रत्यक्ष, अप्रत्यक्ष रुपमा आएका छन् । १६ औं बैठकका निर्णय कार्यान्वयन हुनुपर्छ भन्ने माग हो । उहाँहरुलाई जुन मानसिक तनाव दिइएको छ, यो फिर्ता लिनुपर्छ र ससम्मान काममा फर्किन भन्नुपर्छ भन्ने माग लिएर सडकमा आएका छौँ ।’

उनले सडकमा रहेका चिकित्सकहरुलाई विभिन्न मेडिकल कलेजबाट शारीरिक, शैक्षिक, भौतिक विभिन्न किसिमका कारबाही गर्ने चेतावनी प्रत्यक्ष, अप्रत्यक्ष रुपमा आएको भन्दै दुःख व्यक्त गरेका छन्। १६ औं बैठकका निर्णय कार्यान्वयन हुनुपर्ने र निजी मेडिकल कलेजले दिएको मानसिक तनावप्रति क्षमा मागेर काममा ससम्मान फर्काउनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?