Trending
>>   काँग्रेस–एमालेबीच भएको सात बुँदे सम्झौता मजाकजस्तो : डा. स्वर्णिम वाग्ले >>   नीति तथा कार्यक्रमको कर्मकाण्डी धान्नु बाहेक अरु औचित्य छैनः अध्यक्ष यादव >>   सिंहदरबारमा बजेट माग्नेहरुको दौडधुप चर्कियो >>   जस्ताको तस्तै पास गर्ने परिपाटीको कारण नीति तथा कार्यक्रम छलफल व्यर्थको बहसः उर्मिला अर्याल >>   रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः ज्ञानेन्द्र शाही >>   चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषयः राष्ट्रपति पौडेल >>   नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नभए पनि टिकाउन भने कठिनाइ : स्वास्थ्यमन्त्री पौडेल >>   संविधान संशोधन गर्न सर्वदलीय समिति गठन गरौँः काँग्रेस उपसभापति गुरुङ >>   प्रचण्डलाई योगेश भट्टराईको प्रश्नः प्रधानसेनापति र मुख्यसचिव हटाउनेलाई मुटुमै गोली लागेको जस्तो किन ? >>   राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा
Logo
२३ बैशाख २०८२, मंगलवार
२३ बैशाख २०८२, मंगलवार

स्वाश्थ्य


सहरी स्वास्थ्य केन्द्रलाई जग्गादान

स्याङ्जाको वालिङ नगरपालिका–१० को विकट गाउँ बझाकोटका मुक्तबहादुर सारु मगरले सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न एक रोपनी १० आना जग्गा निःशुल्क दिनुभएको छ । विशेष गरी वृद्धवृद्धा तथा बालबालिकाको उपचारका लागि गाउँमै स्वास्थ्यचौकी बनाउन सके स–सानो उपचारका लागि टाढा जान नपर्ने महसुस गरी आफूले जग्गा उपलब्ध गराएको जग्गादाता सारुले

नेपालगञ्जमा एकै घरका चार बालबालिकामा दादुरा देखियो

बाँकेको नेपालगञ्जमा बालबालिकामा दादुरा रोग देखापरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रामा एकै घरका चार बालबालिकामा दादुरा देखिएको हो । पाँचदेखि १२ वर्ष उमेरका तीन बालिका र एक बालकमा दादुरा पुष्टि भएको हो । त्यहाँ अरू १७ बालबालिकामा पनि दादुराको आशङ्का गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताउनुभयो ।

म्याग्देमा दश शय्याको अस्पताल बन्दै

तनहुँको म्याग्दे गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पतालको काम ५० प्रतिशत सकिएको छ । म्याग्दे गाउँपालिका–४ मा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम आधा सकिएको हो । विसं २०७८ जेठ २ गतेदेखि निर्माण सुरु भएको अस्पताल भवनको काम तीव्रगतिमा अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

नेचासल्यान गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको स्वास्थ्य संस्थालाई रु १६ लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको छ । फाउन्डेसन फर इन्टरनेश्नल डेभलपमेन्ट पब्लिक रिलिफ जापानिज संस्थाले पालिकाभित्रका छ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो । गाउँपालिकाका वडा नं १, ४ र ५ मा सञ्चालित स्वास्थ्य चौकीलाई रु दुई/दुई लाख, वडा नं ३

सहरी स्वस्थ्य केन्द्र : भवन छ, सेवा छैन

कैलालीको भजनी नगरपालिका–३ को सहरी स्वस्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्गअन्तर्गत ठेकीपुरस्थित निर्माण सम्पन्न भएको भवन डुबानको समस्या र विद्युत् लाइनको विस्तार हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो । निर्माण भएको भवन वर्षायाममा डुबानमा पर्छ । हुलाकी सडकको उचाइभन्दा कम

‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणले बङ्गुर मर्न थाले

देशका विभिन्न स्थानमा बङ्गुरमा देखापरेको ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणका कारण म्याग्दीमा समेत बङ्गुर मर्न थालेका छन् । सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा पालिएको बङ्गुरमा सङ्क्रमण देखिएपछि हालसम्म तीन सयभन्दा बढी बङ्गुर मरेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । व्यावसायिकरूपमै फार्ममा पालिएका बङ्गुर मर्न थालेपछि विज्ञ केन्द्रको

वृद्धाश्रममा सेनाद्वारा सहयोग

कञ्चनपुरको बेदकोट नगरपालिकामा रहेको वृद्धाश्रममा आज बिहान नेपाली सेनाले न्यानो लुगा र खाद्य सामग्री सहयोग गरेको छ । नेपाली सेना सैनिक श्रीमती सङ्घ, श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले बेदकोट नगरपालिका–८ मा रहेको बैजनाथ ज्येष्ठ नागरिक सेवा केन्द्रमा आश्रित वृद्धवृद्धालाई न्यानो लुगा (मण्डी) का साथै खाद्यान्न (चामल, दाल, तरकारी,

गाउँपालिकाद्वारा १० शय्याको आधारभूत अस्पताल सञ्चालन

गोरखाको भीमसेन थापा गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वडा नम्बर ६ अश्राङमा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी शहीद स्मृति आधारभूत अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो । पालिकाभित्र रहेका सबै नागरिकमा सहज र सुलभरुपमा स्वास्थ्योपचार सेवा पुर्याउने उद्देश्यले आधारभूत अस्पताल सञ्चालनमा

जमुनाह नाकामा कडाइ

कोरोना सङ्क्रमण फैलिन नदिन नेपालगञ्जस्थित जमुनाहा नाकामा परीक्षणमा कडाइ गरिएको छ । भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण कम भएपछि गत असोज १ गतेदेखि यो नाकामा जाँच रोकिएको थियो

ज्येष्ठ नागरिकलाई स्वास्थ्य क्लिनिक

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी भएको छ । पुस १२ गते कुबिण्डेबाट सुरु भएको उक्त शिविर सबै वडामा सञ्चानलन हुने चौतारा साँगाचोक नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले बताउनुभयो । वडा नम्बर४ कुबिण्डे, वडा नम्बर १ स्याउले र वडा नम्बर ११ भिमटारमा सम्पन्न

सम्वन्धित समाचारहरु