Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

ज्येष्ठ नागरिकको गुमेको दृष्टि फर्काइयो


सामुदायिक आँखा केन्द्र नुवाकोटले चलाएको शिविरमा ४६ ज्येष्ठ नागरिकले शल्यक्रियापछि पुनः आँखा देख्न सक्ने भएका छन् । जिल्लाको सूर्यगढी, लिखु र दुप्चेश्वर गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क शिविरमार्फत पहिचान भएका तथा केन्द्रको सम्पर्कमा रहेका ज्येष्ठ नागरिक बिरामीको तिलगङ्गा आँखा प्रतिष्ठानबाट आएका वरिष्ठ नेत्ररोग विशेषज्ञसहितको स्वास्थ्यकर्मीको टोलीले आँखाको ज्योति गुमाएर बसेका व्यक्तिको पुनः ज्योति फर्काउन सफल भएको हो ।

प्राविधिकको सहयोगमा जिल्लामा नै शल्यक्रिया कक्ष खडा गरेर उपचार सेवा दिइएको केन्द्रका प्रमुख ताराबहादुर वाइबाले जानकारी दिनुभयो । उहाँका अनुसार उपचार गर्न काठमाडौँ जान नसक्ने तथा जान नचाहँदा लामो समयदेखि रोग बल्झाउँदै आएका बिरामीको जिल्लामा नै विशेषज्ञ चिकित्सक ल्याएर शल्यक्रियामार्फत गुमेको ज्योति फर्काइएको हो । “४१ बिरामीको मोतियाबिन्दु भएको र पाँच जनाको आँखामा पलाएको मासु शल्यक्रिया गरेर उनीहरुको दृष्टि फर्काइएको छ”, केन्द्रका प्रमुख वाइबाले भन्नुभयो ।

ज्येष्ठ नागरिकमा दम, प्रेसर, सुगरलगायतका रोगको कारण चिकित्सकको निगरानीमा स्वास्थ्य अवस्था सन्तुलित कायम गराएर उपचार सेवा दिइएको प्रतिष्ठानका नेत्ररोग विशेषज्ञ डा रोजिता पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार एक सातासम्म उनीहरुलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिने छ ।


प्रकाशित मिति: २८ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?