Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

ज्येष्ठ नागरिकको गुमेको दृष्टि फर्काइयो


सामुदायिक आँखा केन्द्र नुवाकोटले चलाएको शिविरमा ४६ ज्येष्ठ नागरिकले शल्यक्रियापछि पुनः आँखा देख्न सक्ने भएका छन् । जिल्लाको सूर्यगढी, लिखु र दुप्चेश्वर गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क शिविरमार्फत पहिचान भएका तथा केन्द्रको सम्पर्कमा रहेका ज्येष्ठ नागरिक बिरामीको तिलगङ्गा आँखा प्रतिष्ठानबाट आएका वरिष्ठ नेत्ररोग विशेषज्ञसहितको स्वास्थ्यकर्मीको टोलीले आँखाको ज्योति गुमाएर बसेका व्यक्तिको पुनः ज्योति फर्काउन सफल भएको हो ।

प्राविधिकको सहयोगमा जिल्लामा नै शल्यक्रिया कक्ष खडा गरेर उपचार सेवा दिइएको केन्द्रका प्रमुख ताराबहादुर वाइबाले जानकारी दिनुभयो । उहाँका अनुसार उपचार गर्न काठमाडौँ जान नसक्ने तथा जान नचाहँदा लामो समयदेखि रोग बल्झाउँदै आएका बिरामीको जिल्लामा नै विशेषज्ञ चिकित्सक ल्याएर शल्यक्रियामार्फत गुमेको ज्योति फर्काइएको हो । “४१ बिरामीको मोतियाबिन्दु भएको र पाँच जनाको आँखामा पलाएको मासु शल्यक्रिया गरेर उनीहरुको दृष्टि फर्काइएको छ”, केन्द्रका प्रमुख वाइबाले भन्नुभयो ।

ज्येष्ठ नागरिकमा दम, प्रेसर, सुगरलगायतका रोगको कारण चिकित्सकको निगरानीमा स्वास्थ्य अवस्था सन्तुलित कायम गराएर उपचार सेवा दिइएको प्रतिष्ठानका नेत्ररोग विशेषज्ञ डा रोजिता पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार एक सातासम्म उनीहरुलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिने छ ।


प्रकाशित मिति: २८ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?