Trending
>>   अमेरिकाले हस्तक्षेपकारी उद्देश्यका लागि गैरसरकारी संस्थाहरू प्रयोग गरेको इरानको आरोप >>   साउदी युवराजले जेलेन्स्कीलाई भेटे >>   प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छ आजको सम्भावित कार्यसूची >>   कास्कीमा भूकम्पको धक्का >>   दुई संसदीय समितिको बैठक बस्दै >>   यी तीन प्रदेशका एक–दुई स्थानमा मेघगर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना >>   राजावादीहरुको प्रदर्शनबारे देउवाः कुनै अद्भुत प्रदर्शन भएको छैन >>   हामी जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा छैनौं: प्रधानमन्त्री >>   सरकारको कुशासनको फाइदा उठाएर व्यवस्था बिरोधी अभियान चलाइयोः माओवादी केन्द्र >>   लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजावादीहरुको विरुद्धमा एकतावद्ध हुन नेकपा एसको आह्वान
Logo
२७ फाल्गुन २०८१, मंगलवार
२७ फाल्गुन २०८१, मंगलवार

स्वाश्थ्य


बीमितलाई प्रथम सेवा पाँच वडाबाट

काठमाडौं।  काठमाडौं महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत प्रथम सेवा पाँच वडा कार्यालयमा रहेका आधारभूत स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्रमार्फत प्रदान गर्ने भएको छ । त्यसअन्तर्गत अहिले वडा नं ८, १४, १९, २६ र ३० का कार्यालयमा रहेको स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्रमार्फत सेवा दिने बताइएको छ । कामपाको स्वास्थ्य बीमा कार्यक्रमका स्रोतव्यक्ति

यस्तो पनि हुन्छ ‘बर्थिङ सेन्टर’ ? वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

सिरहा। सिरहाको गोलबजार नगरपालिका-६ स्थित प्रसूति गृह (बर्थिङ सेन्टर) को भौतिक संरचना जीर्ण भएको छ । जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ । प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँ ठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ ।

संसदीय उपसमितिको प्रतिवेदनमा सांसद डा. तोसिमाको पाँचबुँदे असहमति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय समितिले गठन गरेको उपसमितिको प्रतिवेदनप्रति असहमति राखेकी छन् । त्यसैगरी, सिटीइभिटी र चिकित्सा शिक्षा आयोग बीच पीसीएल नर्सिङ सम्बन्धन, नियमन, मापदण्ड लगायतका विवाद अध्ययन गरी सुझाव दिनका लागि माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको नेतृत्वमा

अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन: मन्त्री बस्नेत

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् । सोमबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे । उनले

वडाद्वारा विपन्न मजदुरको बिमा

जानकी,बाँके। नेपालगन्ज उपमहानगरपालिका-१ कार्यालयले आर्थिक अवस्था कमजोर भएका विपन्न मजदुरको बिमा गर्न सुरु गरेको छ । वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विपन्न वर्गका कामदारको रू एक लाखसम्मको बिमा गर्न सुरु गरेको हो । त्यस्तै, म्यादी लघुजीवनमा रू एक लाखसम्मको बिमा गर्न थालिएको वडाध्यक्ष प्रमोद रिजालले बताएका छन् । उनले

वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट छुटाउनु हुँदैन: उपकुलपति बस्नेत

काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राध्यापक डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पताललाई प्रतिष्ठानबाट छुट्याउनु नहुने बताएका छन् । सोमबार सिंहदरवारमा बसेको कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले २०६३ सालमा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आङ्गिक अस्पताल बनाइएको बताउँदै

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, “नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकाङ्क्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र

बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाउन सुरु

बुटवल। बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाउन सुरु गरिएको छ। बुटवल उपमहानगरपालिकाभित्र सडकमा कुकुरहरूको सङ्ख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो। बुटवल उपमहानगरपालिकाको आयोजनामा वडा नं १५ नवरत्न मावि नजिकैको भवनमा ३ दिने अभियान सुरु भएको हो। उक्त अभियानका क्रममा

स्वस्थ र निरोगी नागरिकबाट मात्रै आर्थिक रुपान्तरण : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम नागरिक स्वस्थ नभइकन विकास र समृद्धि सम्भव नहुने बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले सबै नेपाली नागरिकमा गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा आवश्यकता भएको बताउनुभएको हो । उहाँले भन्नुभयो, “स्वस्थ र निरोगी नागरिकहरूबाट नै मुलुकको आर्थिक

अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसमा मुटु परीक्षण

काठमाडौं। पहिलो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका सन्दर्भमा नवीकरणीय ऊर्जा परिसङ्घ नेपालले यहाँ मुटु जाँचसम्बन्धी बृहत् शिविर तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । ‘आरई सेक्टर हेल्थ चेकअप एन्ड अर्वानेस प्रोग्राम’अन्तर्गत परिसङ्घले नेसनल कार्डियाक सेन्टरसँगको सहकार्यमा सो कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा। ओममूर्ति अनिल

सम्वन्धित समाचारहरु