Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

झापामा तीन लाख बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइँदै


बनियानी,झापा। झापामा तीन लाखभन्दा बढी बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने भएको छ । दादुरा-रुबेला खोप अभियानअन्तर्गत जिल्लामा यही फागुन १७ गतेदेखि चैत ४ गतेसम्म नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने भएको हो ।

स्वास्थ्य कार्यालय झापाले आज बिर्तामोडमा दादुरा-रुबेला खोप अभियानका बारेमा सञ्चारकर्मीसँग अभिमुखीकरण गोष्ठीसमेत गरेको छ भने स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले झापामा खोप लगाउने दर उच्च भए पनि दादुरा-रुबेलाको जोखिम कायमै रहेकाले अभियान सञ्चालन हुन लागेको बताएका छन् ।

सो जिल्लाव्यापी खोप अभियानका लागि यहाँ स्वास्थ्य संस्थाबाहेक नौ सय ४७ खोप केन्द्र निर्धारण गरिएका छन् भने अभियानमा तीन ६९ खोपकर्मी र एक हजार सात सय १७ स्वास्थ्य स्वयंसेविका परिचालन गरिने कार्यालयका खोप अधिकृत राजकुमार पोख्रेलले जानकारी दिएका छन् । खोप अभियान सञ्चालन गर्न दुई लाख ७० हजार थान खोपको व्यवस्था गरिएको छ ।

अभिमुखीकरण गोष्ठीमा विश्व स्वास्थ्य सङ्गठनकी डा सङ्गीता शाहले ज्वरो आएको बेलामा खोप लगाउन नमिल्ने भए पनि ज्वरो निको भएपछि खोप लगाउन सकिने बताइन्। ‘बालबालिकामा इम्युनिटी पावर कम भएका बेला बाहेक अरु बेला खोप लगाउन सकिन्छ’, उनले भनिन् ।

त्यस्तै, झापामा सन् २०१९ र २०२३ मा अभियान सफल भएकाले पुनः खोप अभियान सञ्चालन गरिएको हो । सरकारले सन् २०२६ सम्ममा नेपालबाट दादुरा-रुबेला उन्मुलन गर्ने लक्ष्य लिएको छ । झापामा सन् २०२४ को जनवरीमा आठ बालबालिकामा दादुराको सङ्क्रमण देखिएको थियो भने झापा गाउँपालिकामा ६ जना तथा बिर्तामोड र दमक नगरपालिकामा एकरएक जनामा सङ्क्रमण देखिएको खोप अधिकृत पोख्रेलले बताए ।

उक्त अभिमुखीकरण गोष्ठीमा पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले खोप अभियानलाई तल्लो तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिँदै सञ्चारकर्मीले समेत अभियान सफल बनाउन लाग्नुपर्ने बताए।

सो कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जिल्लामा खोप अभियानबारे भइरहेको गतिविधि र वर्तमान अवस्थाका बारेमा सहभागीलाई जानकारी दिएका थिए ।


प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?