Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान दिन सके मात्र सरकार सफल हुन सक्छः मन्त्री बस्नेत


काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान दिन सके मात्र सरकार सफल हुन सक्ने बताएका छन् । मन्त्रालयमा स्वास्थ्य सेवा दिवस, २०८० को अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संविधानमा उल्लेख भएरअनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हकको सुनिश्चित हुनुपर्ने बताए ।

मन्त्री बस्नेतले गरिब तथा विपन्न वर्गले पैसाको अभावमा उपचार गर्नबाट वञ्चित हुन नपर्ने बताएका छन् । उनले भने, “गरिब विपन्नको खल्तीमा पैसा नहुँदा पनि उपचार गर्न पाउनुपर्छ । पैसा तिर्न नसकेर कोही बिरामीलाई आत्महत्या गर्न नपरोस् ।”

स्वास्थ्यमन्त्री बस्नेतले मन्त्रालयमा कार्यरत कर्मचारी संमायोजनका लागि आठ सय कर्मचारीको काज फिर्ता गरेर स्थानीय तहमा पठाइएको बताएका छन् । उनले वीर अस्पतालमा भिआइपी व्यक्तिको उपचार सेवा सञ्चालन गरेपछि पछिल्लो समय उच्च पदमा रहेका व्यक्ति विदेशमा औषधि गर्न नगएको उल्लेख गरे ।

त्यसैगरी, स्वास्थ्य क्षेत्रमा विसं २०५४ देखि नयाँ दरबन्दीमा जनशक्ति भर्ना नगरेको र आफूले अब तीस हजार नयाँ जनशक्ति थप्नका लागि छलफल गरिरहेको मन्त्री बस्नेतले बताए । त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले स्वास्थ्य क्षेत्रको विस्तारका लागि एकीकृत स्वास्थ्य सेवा ऐनमा छिटो जानुपर्ने बताउदै उनले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको सुरक्षाका लागि स्वास्थ्यकर्मी सुरक्षा ऐन प्रदेश र स्थानीय तहलाई जानकारी दिनुपर्ने बताएका छन् ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउनुभएको पाँच जना कर्मचारीलाई मन्त्रालयले पुरस्कृत गरेको छ । रु एक लाख राशि रहेको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार दार्चुला अस्पतालमा कार्यरत वरिष्ठ अनमी बबिता विष्टले प्राप्त गरेकी छन् । त्यसैगरी रु पचास हजार राशिको स्वास्थ्य सेवा पुरस्कारमा कालीकोट जिल्लामा कार्यरत दीर्घबहादुर नेपाली, बारा जिल्लामा कार्यरत किरणकुमारी, सुर्खेत अस्पताल डा. केसरबहादुर ढकाल र फर्मेसी निरीक्षक सुष्मा थपलियाले प्राप्त गरेकी छन् ।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?