Trending
>>   हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ >>   जुवातास खेलिरहेको अवस्थामा ३९ जुवाडे पक्राउ >>   नेपालगञ्जमा डेंगु सङ्क्रमणको उच्च जोखिम >>   प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना >>   तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउँछ : उपराष्ट्रपति >>   नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री पौडेल >>   नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक : राष्ट्रपति पौडेल >>   उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक मिसाइल >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन सहित वर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल कार्तिक १५ गते बिहिबार, हेर्नुहोस आजको राशिफल
Logo
१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

छोराको स्मृतिमा क्यान्सर उपचार कोष


चितवन। क्यान्सर रोगबाट पीडित बिरामीको उपचारका लागि एक दम्पतीले आफ्नो घर जग्गा बेचेर सहयोग कोष स्थापना गरेका छन् । काठमाडौंको किर्तीपुर नगरपालिका–१ ट्याङ्लाफाँट बस्ने ७३ वर्षिय तीर्थराज पराजुली र उहाँकी श्रीमती शारदा देवी पराजुलीले कोष स्थापना गरेका हुन् ।

उनीहरुले काठमाडौंमा रहेको घर जग्गा बेचेर क्यान्सर पीडित बिरामीको उपचारका लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सहयोग कोष स्थापना गरेका छन् । उनीहरुले आफ्नो छोरा स्व डा अञ्जन पराजुलीको सम्झनामा रु एक करोड एक लाख ११ हजार एक सय ११ बराबरको ‘अञ्जन स्मृति क्यान्सर पीडित सहयोग कोष’ स्थापना गरेका हुन् ।

त्यस्तै, स्व अञ्जनको ठूलो आन्द्रामा क्यान्सर भइ विसं २०७८ वैशाख १ गते ४२ वर्षको उमेरमा निधन भएको थियो । अष्ट्रेलियामा रहेका अञ्जनको उपचारका क्रममा विदेशमा नै निधन भएपछि परिवारले क्यान्सरका कारण कोही मर्नु नपरोस् भनेर कोष स्थापना गरिएको बुबा तीर्थराजले बताएका छन् । क्यान्सरको समयमा पहिचान हुन नसक्दा छोरो गुमाउनु परेको बताउँदै उनले यो रोगबाट आर्थिक अवस्था कमजोर भएकालाई बचाउनका लागि कोष स्थापना गरिएको बताए।

तीर्थराजले भने, “हामी त पीडामा भयौँ नै, अरु कोही पनि यस्तो पीडामा पर्नु नपरोस्, हाम्रो सहयोग काम लागोस् भनेर कोष स्थापना गरेका हौँ ।” क्यान्सर पीडितलाई सरकारले दिने अनुदान सहयोग रकम सकिएपछि यो कोषबाट उपचार गर्ने गरी रकम हस्तान्तरण गरिने उनले जानकारी दिएका छन् ।

त्यस्तै, पराजुली परिवारले सो रकम बराबरको चेक आज अस्पतालका कार्यकारी निर्देशक डा शवजी पौडेल र अध्यक्ष डा. विजय न्यौपानेलाई हस्तान्तरण गरेका छन् । उक्त कोष सञ्चालनका लागि अस्पतालका कार्यकारी निर्देशकको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने, कोषबाट सुविधा प्राप्त गर्ने व्यक्तिको विवरण दातालाई जानकारी गराउने, सेवा प्राप्त बिरामीलाई भेट्ने र कुरा गर्ने वातावरण सृजना गर्ने, सुविधा प्रदान गरिएका व्यक्तिको उपचारको किसिम र त्यसको अवस्थालगायत विषयमा जानकारी गराउने गरी दुईपक्षीय सम्झौता गरिएको छ ।

सो रकम ग्रहण गर्दै अस्पतालका अध्यक्ष डा न्यौपानेले कोषबाट धेरै बिरामीले नयाँ जीवन पाउने विश्वास व्यक्त गरे । यसको सही सदुपयोग गरिने उनको भनाइ रहेको छ । उक्त अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलले कोषलाई सञ्चालन गर्नका लागि कार्यविधि बनाएर अघि बढ्ने बताउदै अशक्त, असाहाय तथा आर्थिक अवस्था कमजोर भएकाको पहिचानका लागि समिति गठन गरेर काम गरिने उनको भनाइ रहेको छ ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?