Trending
>>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित


विरगञ्ज । नेशनल मेडिकल कलेजले रौतहटको दुर्गा भगवती गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फागुन ९ र १० गते दुई दिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १६ सय सर्वसाधारण लाभान्वित भएका छन् ।

दुर्गा भगवती गाउँपालिकाको प्राङ्गणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा कार्डियोलोजी, कार्डियो–भास्कुलर, न्यूरो सर्जरी सम्बन्धी सेवाहरु दिइएको थियो । शिविरको गाउँपालिकाका प्रमुख शम्भु कुमार सिंहले उद्घाटन गरेका थिए । कलेजले आम नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गरेकोमा गाउँपालिका प्रमुख सिंहले प्रसंशा गरे । शिविरमा स्वास्थ्य जाँचका लागि आएका बिरामीहरुमा मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मुटु भल्व रोग, घुँडाको दुखाई जस्ता समस्याहरु पाइएको छ । आफ्नै गाउँघरमा विशेषज्ञ चिकित्सक सहित नेशनल मेडिकल कलेजको स्वास्थ्य शिविर आएको थाहा पाएपछि उक्त पालिकाका गाउँगाउँबाट बिरामीहरु पुगेका थिए ।

नेशनल मेडिकल कलेजकी अस्पताल निर्देशक डा. इशर्त जहान अन्सारीका अनुसार सामाजिक उत्तरदायित्व अन्तरगत कलेजले समुदायमा केन्द्रीत स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा १५ सय जनाको इसिजी र ११ सयको इको गरिएको थियो । यस्तै, कलेजले फागुन १२ गते बारा जिल्लाको कोल्हवीमा प्रसुति तथा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा ५ सयबढी महिलाहरुको स्वास्थ्य जाँच गरिएको थियो । शिविरमा ५० वर्षदेखि ६५ वर्ष उमेर समुहका महिलाहरु बढी आएका थिए । उनीहरुलाई नेशनल मेडिकल कलेजको प्रसुति तथा स्त्री रोग विभागका चिकित्सकहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

शिविरबाट उक्त क्षेत्रका प्रसुति तथा स्त्री रोग सम्बन्धी समस्या भएका महिलाहरु बढी लाभान्वित भएका थिए । कलेजको स्वास्थ्य सेवालाई समुदाय स्तरसम्मै पुर्याउन समयसमयमा निःशुल्क स्वास्थ्य शिविर गर्ने गरिएको छ । २०५६ साल भदौ ३२ गतेदेखि औद्योगिक नगरी विरगञ्जमा सञ्चालनमा आएको नेशनल मेडिकल कलेजको अध्यक्षमा वरिष्ठ सर्जन प्रा.डा. जैनुद्दिन अन्सारी छन् ।

कलेजले मधेस प्रदेशका जनता र सिमावर्ती भारतीय क्षेत्रका लाखौं नागरिकलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै मेडिकल शिक्षा प्रदान गर्दै आइरहेको छ ।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?