काठमाडौँ। सर्वोच्च अदालतका तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको नाम संसदीय समितिबाट अनुमोदन भएको छ । सोमवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिले तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको नाम अनुमोदन गरेको हो । सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च
काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् । सोमवार निर्मल निवासमा आफ्नो ८० औं जन्मदिनको अवसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पूर्वराजा शाहले अहिले बाढी, पहिरोको समय रहेको भन्दै यसबाट जोगिएर बस्न समेत आग्रह गरे । पानीजन्य रोगहरुबाट बच्न
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी रहेको बताएका छन् । सोमवार राष्ट्रपति भवन शितलनिवासमा एसिसी पुरुष यु—१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालीहरुमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरुले पाएको सफलता प्रशंसनीय
काठमाडौँ। एसिसी पुरुष यु १६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । आईतवार राति त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो । शनिवार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो
एजेन्सी। इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र मध्यपूर्वका लागि अमेरिकी विशेष दुत स्टिभ विटकफले फोन वार्तामा गाजा युद्धविराम वार्ताको विकासक्रमबारे छलफल गरेका छन् । इजिप्टको विदेश मन्त्रालयले भनेको छ कि दुवै पक्षले सहमतिमा पुग्न सम्बन्धित पक्षहरूबीच अप्रत्यक्ष बैठकहरू आयोजना गर्ने तयारीबारे छलफल गरेका छन् । फोन वार्ताको क्रममा अब्देलाट्टीले युद्धविराम भएपछि
एजेन्सी। रूसको कार्गो अन्तरिक्ष यान प्रोग्रेस एमएस–३१ अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सफलतापूर्वक अवतराण् भएको छ । रूसको राज्य अन्तरिक्ष निगम रोस्कोसमोसले आईतवार आफ्नो वेबसाइटमा यसबारे जानकारी गराएको छ । स्वचालित डकिङ (शनिवार २१२५ जीएमटी) मस्को समय अनुसार ००ः२५ बजे आईएसएसको रूसी खण्डमा रहेको पोइस्क मिनी–रिसर्च मोड्युलमा भएको थियो ।
एजेन्सी। गाजा पट्टीमा आइृतवार इजरायली आक्रमणमा कम्तिमा ४३ प्यालेस्टिनीहरू मारिएको गाजाको नागरिक रक्षा विभागले जनाएको छ । प्रत्यक्षदर्शीहरूकाअनुसार इजरायली युद्धक विमानहरूले गाजा शहरको अल नासर र शेख रदवान छिमेकमा रहेका दुई घरहरूमा आक्रमण गरेका थिए । नागरिक रक्षा विभागका प्रवक्ता महमूद बसालले बताएअनुसार दुई हवाई आक्रमणमा बालबालिका र महिलासहित २५
एजेन्सी। इरानी सर्वोच्च नेता अली खामेनी इरानी राजधानी तेहरानमा धार्मिक शोक समारोहमा सहभागी बनेका छन् । उनले ६८० ईस्वीमा करबलाको युद्धमा पैगम्बर मुहम्मदका नाति र शिया मुस्लिमहरूको तेस्रो इमाम इमाम हुसेनको शहीद वार्षिकोत्सवको सम्झनामा वार्षिक रूपमा आयोजना गरिएको समारोहमा भाग लिएका हुन् । शोक समारोहमा उनको उपस्थितिले इजरायल र इरान
एजेन्सी। पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा भवन भत्किँदा मृत्यु हुनेको संख्या २७ पुगेको छ । मृत्यु हुनेको संख्या पुष्टि गर्दै अपरेशनका प्रवक्ता हसन उल हसीब खानले उद्धार गतिविधिहरू अन्तिम चरणमा रहेको र अधिकांश भवनको भग्नावशेष हटाइएको बताए । उनले पीडितहरूमा कम्तिमा १५ महिला र तीन बालबालिका रहेको बताए । तीन
एजेन्सी। टर्कीको रक्षा मन्त्रालयले उत्तरी इराकको गुफामा खोजी अभियानको क्रममा मिथेन ग्यासका कारण पाँच टर्की सैनिकको मृत्यु भएको जनाएको छ । यो घटना उत्तरी इराकको टर्कीको अपरेशन क्ल–लक जोनमा चलिरहेको खोजी र क्लियरेन्स अभियानको क्रममा भएको हो । जहाँ टर्की सेनाले प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टीविरुद्ध कारबाही गरिरहेको छ । पहिले