१६ ,कात्तिक ,वालिङ (स्याङ्जा) । स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर रु ६ लाख आम्दानी गरेका थिए । यसपाली बजार अभावका कारण कागती बोटमै छ । उनले हालसम्म बिक्री गर्न सकेका छैनन् ।
१६ ,कात्तिक ,चितवन । चितवनको राप्ती नगरपालिका–५ भण्डारा बजारमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने भएका छन् । सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण गरिएका थिए । राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार त्यहाँ बसोबास गर्दैआएकालाई घरटहरा हटाउन तीन महिनाको समय दिइएको थियो ।
१६ ,कात्तिक ,वासिङ्टन डिसी । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच बुधबार यहाँ भेटघाट भएको छ । भेटघाटमा दुई पक्षीय सम्बन्धको बारेमा छलफल भएको थियो । साथै नेपाल र अमेरिकाबीचको संसदको अनुभव आदानप्रदानका विषयमा समेत छलफल भएको थियो । सिनेटर
काठमाडौ। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरूको कार्यभार तोकिएको पत्र सबन्धी को ब्यहोरा जानकारी गराउने कार्यसूची छ । यस्तै, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘विद्युतीय व्यापार
काठमाडौँ। नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिइएको विरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतले फैसला सुनाउने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा हिजो बहस सकिएकाले आज फैसला सुनाउन लागिएको हो । संविधान दिवसका
१५ ,कात्तिक ,काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त हुने स्थानको निर्वाचन आगामी माघको दोस्रो साता र प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदको उपनिर्वाचन वैशाखमा गर्न नेपाल सरकारलाई परामर्श दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसदीय समितिलाई राष्ट्रियसभाको निर्वाचन माघको दोस्रो साता र प्रतिनिधिसभा र प्रदेशसभाको एक–एक तथा
१५ ,कात्तिक ,जानकी (बाँके) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीप्रसाद चौधरीले ‘मुख्यमन्त्री गोल्डकप प्रतियोगिता’ लाई आगामी बजेटमा राखेर निरन्तरता दिने बताएका छन् । बाँकेको कोहलपुर नगरपालिका–२ स्थित तेह्र बिघामा ‘मुख्यमन्त्री गोल्डकप प्रतियोगिता–२०८०’ को उद्घाटन सत्रमा आज मुख्यमन्त्री चौधरीले प्रतियोगितालाई संस्थागत गरी सरकारले सम्पूर्ण खर्चको व्यवस्थापन गरेर नीतिगत निर्णय गर्ने बताए ।
१५ ,कात्तिक ,झापा । बजेट अभावमा पाडाजुङ्गी–गौरीगञ्ज सडक निर्माण रोकिएर अलपत्र परेको छ । सडकको करिब ६० प्रतिशत काम पूरा भएपछि निर्माण कार्य रोकिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । कार्यालयका सूचना अधिकारी गौतमकुमार देवका अनुसार विसंं २०७९ चैतमा साढे तीन किलोमिटर चार लेनको सडक निर्माण गर्ने गरी खरीढुङ्गा–माङ्वा–पूर्वाञ्चल
१५ ,कात्तिक ,लेखनाथ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले व्यावहारिक राजनीतिका नाममा आफ्नो सिद्धान्तलाई कांग्रेसले छाड्न नहुने बताएका छन् । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति कास्की क्षेत्र नं १ को प्रथम क्षेत्रीय सम्मेलनको आज पोखराको लेखनाथमा उद्घाटन गर्दै नेता डा कोइरालाले भने– “सिद्धान्तहिन राजनीति अगाडि बढ्दा कांग्रेसका कार्यकर्तामा
१५ ,कात्तिक ,संयुक्त राष्ट्रसङ्घ । विश्व सहर दिवस मनाउने क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले मङ्गलबार दिगो विकास, आर्थिक वुद्धि तथा नव प्रवर्तनको प्रवर्द्धनमा सहरहरूको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । “विश्व सहर दिवस दिगो विकासमा सहरहरूको महत्वपूर्ण भूमिकामाथि विचार गर्ने समय हो”, सहर आर्थिक महाशक्ति मात्र नभएर विश्वव्यापी आवश्यकता