Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

आज पनि शेयर बजार घट्यो


काठमाडौं। शेयर बजार आज मङ्गलवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ९४ दशमलव ५३ विन्दुमा झरेको छ ।

आज फाइनान्स, होटेल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन र म्युचल फन्ड समूहको शेयर सामान्य बढेको छ । अरू समूहको शेयर घटेको छ । आज सबैभन्दा धेरै नारायणी विकास बैंकको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ भने समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै बुद्धभूमि जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत र मेन्छियाम जलविद्युतको शेयर झन्डै नौ प्रतिशतले बढेको छ ।

त्यसैगरी, आज ४७ लाख २७ हजार कित्ता शेयर एक अर्ब २८ करोड रुपैयाँमा कारोबार भएका छन् भने सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको आठ करोड ४९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?