Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

एभरेष्ट बैंकद्वारा वित्तीय चेतनामूलक ५ भिडियो जारी


काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले डिजिटल लिट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरू निर्माण गरेको छ । आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरूक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरूको ५ शृङ्खला रहेको र क्रमबद्ध रूपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिएका छन् । सो बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युटसँगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमको सुरुवात भएको जानकारी समेत गराएको छ ।

उक्त भिडियोहरूमा मोबाइल बैंकिङ्गको प्रयोग, धारा-बत्ती तथा स्कूलको बिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजश्व भुक्तानी तरिका र क्यु आर कोडको प्रयोग सम्बन्धी विधि रहेको र उक्त भिडियो हरूबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरुमा वित्तीय चेतना अभिवृद्धि हुने विश्वास बैंकले लिएको छ ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?