Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पुनः निर्वाचन गर्न माग


१२ ,मङ्सिर ,काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को राजेन्द्रकुमार (आरके) शर्मा समूहले अनलाइन प्रणालीमार्फत गत महिना सम्पन्न निर्वाचनमा योजनाबद्धरूपमा धाँधली भएको आरोप लगाउँदै पुनः निर्वाचनको माग गरेको छ ।

एनआरएनए आरके समूहद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रक्रियाअन्तर्गत प्रतिनिधि छनोटदेखि मतदान र नजिता सार्वजनिक हुँदासम्म योजनाबद्धरूपमा धाँधली भएकाले पुनः निर्वाचनको माग गरिएको छ ।

सङ्घका अध्यक्षको प्रत्यासी आरके शर्माले एनआरएनएको एकता,विश्वसनियता, तटस्थता र सुदृढीकरणका पक्षमा जस्तोसुकै त्याग गर्न आफू तयार रहेको स्पष्ट गर्दै निर्वाचनपछि उत्पन्न विवादका सन्दर्भमा सम्बद्ध सरकारी निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको भनी गुनासो व्यक्त गरे ।

सो समूहका बुद्धिसागर सुवेदीले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीको साझा संस्थाका रूपमा रहेको सङ्घलाई अझ विश्वसनीय र सुदृढ तुल्याउन पुनः निर्वाचन हुनुपर्ने धारणा व्यक्त गरे ।

सो समूहले गैरआवासीय नेपाली नागरिकता व्यवस्था गरेकामा नेपाल सरकारलाई धन्यवाद दिँदै पहिलो पुस्ताका नेपालीलाई बंशजको आधारमा नागरिकता उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरेको छ ।

जाजरकोट भूकम्पका पीडितलाई यथासक्य राहत सहयोग उपलब्ध गराएको उल्लेख गर्दै एनआरएनएले आगामी दुई वर्षभित्र रु १० करोड राशीकोआपत्कालीन राहत तथा उद्धार कोष बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?