१६ असोज, बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउँसो १ बजेदेखि लागू हुने गरी अनिश्चितकालिन निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ । सार्वजनिक सम्पत्ति तोडफोड, ढुङ्गामुढा प्रहारलगायतका गतिविधि भएको तथा सर्वसाधरणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एव शान्ति भङ्ग हुने स्थिती देखिएको भन्दै नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु) लगाइएको बाँकेका प्रमुख
१६ असोज, एजेन्सी । गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन् । ब्राजिलको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको अनुसन्धान समूह दि मामिराउआ इन्स्टिच्युटले टेफे ताल वरपरको क्षेत्रमा सोमबार थप दुई
काठमाडौं । इन्द्रजात्रा हेर्न गएका एक युवकको धारिलो हतियार प्रहारबाट हत्या भएको छ । गएराति जात्रा हेर्न गएका ओखलढुंगाको लिखु-४ का १७ वर्षीय शनी कार्कीको हत्या भएको हो । उनको छातीमा धारिलो हतियार प्रहार भएको थियो । कार्कीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमुद ढुंगेलले जानकारी
पोखरा । गत ८ गते लमजुङबाट उपचारका लागि ल्याइएकी सुकमाया दुराको मृत्युपछि चिकित्सक कुटपिट प्रकरणमा थप एक जना पक्राउ परेका छन् । सुकमायाको मृत्युपछि उत्पन्न तनावमा अस्पताल तोडफोड गरेको आरोपमा ‘छावा’ भनेर चिनिने सुशील कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । अस्पतालको लापरबाहीले सुकमायाको ज्यान गएको भन्दै आफन्तका तर्फबाट विरोधमा उत्रिएका
एसियाली क्रिकेट : अन्तर्गत चीनको हाङझाउमा आज सम्पन्न टी-२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । भारतले प्रस्तुत गरेको दुई सय तीन रनको विशाल लक्ष्य पछ्याएको नेपालले नौ विकेटको क्षतिमा एक सय ७९ रन मात्र बनाउन सक्यो । यद्यपि भारतविरुद्ध नेपालको खेल प्रदर्शन निकै प्रशंसायोग्य थियो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी प्रमुख कार्यकारी अधिकृत सीईओ एलिस अलब्राइटले भेटवार्ता गरेकी छन् । उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेकी हुन् । भेटमा भदौ १३ गतेदेखि सुरु एमसीसी परियोजना कार्यान्वयनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौं । भारतका पत्रकारहरुको निवासमा दिल्ली प्रहरीले छापा मारेको छ । प्रेस क्लब अफ इण्डियाका अनुसार मंगलबार बिहान पत्रकारहरु र न्यूज क्लिकसँग सम्बन्धित व्यक्तिहरुका घरमा प्रहरीले छापा मारेको हो । उसले पत्रकारका घरमा छापा मारिनु चिन्ताजनक भन्दै घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । साथै यसबारे औपचारिक जानकारी दिन सरकारसँग मागसमेत
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक दर्जन कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । काम सन्तोषजनक नभएका ठेकेदार कम्पनी तथा सप्लायर्सहरुलाई कार्यालयले तीनदेखि एक वर्षसम्म कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । तीन
हान्झाउ । १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनको महिला सिंऊल्समा नेपालकी रशिला महर्जन विजयी भएकी छन् । बिनजियाङ जिम्न्यासियममा मंगलबार भएको अन्तिम ३२ को खेलमा रशिलाले मंगोलियाकी म्याग्मार्तेसेरनलाई २१-४, २१-७ ले पराजित गरिन् । जितपछि रशिला अन्तिम १६ मा प्रवेश गरेकी छन् । उनले अब जापानकी नात्सुकी निदाइरा र चीनकी एचई बिनगिजाओबीचको
१६ ,असोज ,काठमाडौँ । नेपालमा विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘वेलकम आरोह अवरोह’ सार्वजनिक भएको छ । आत्मकथामा आधारित सो पुस्तकमा उनका आफ्ना भोगाइका अतिरिक्त नेपालको सञ्चार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजारलगायतका विषय समेटिएको छ । घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको पुस्तकमा लेखक पौडेलले ऊ