Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

समाचार


नेकपा एसका सचिवालय सदस्यहरूले मृत्युपछि अङ्गदान गर्ने

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्यहरूले मरणोपरान्त अङ्गदान गर्ने भएका छन् । उक्त पार्टी सचिवालय बैठकले सो निर्णय लिएको हो । त्यस्तै, नेकपा एसको बैठकमा काठमाडौंमा हिजो सुरु भएको अङ्ग प्रत्यारोपण सम्बन्धी सम्मेलनबारे चर्चा भएको थियो । यसक्रममा नेताहरुले मृत्युपछि गरिने अङ्गदानले नसर्ने रोग लागेका धेरै गम्भीर बिरामीहरूको ज्यान बाँच्न

धनगढीको जग्गा प्लटिङ कार्यविधिविरुद्ध सर्वोच्चमा रिट दायर

धनगढी। धनगढी उपमहानगरपालिकाले स्थानीय राजपत्रमा प्रकाशित गरेको जग्गा प्लटिङ सम्बन्धी कार्यविधिबारे पक्ष र विपक्षमा बहस भइरहेका बेला सर्वोच्च अदालतमा रिट दायर भएको छ । धनगढी उपमहानगरपालिका र नगर प्रमुख गोपाल हमाल समेतलाई विपक्षी बनाएर रिट दायर गरिएको अवस्थीले जानकारी दिएका छन् भने धनगढी उपमहानरपालिकाले २५ मंसिरमा स्थानीय राजपत्रमा प्रकाशित गरेको

म्याग्दीमा खेलमैदान बनाउन श्रमदान अभियान

म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–५ कैलाशफाँटमा खेलमैदान निर्माणका लागि श्रमदान अभियान चलाइएको छ । म्याग्दी नदी किनारको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्याएर बनाइएको खेल मैदानलाई स्तरोन्नति गरी प्रयोगयोग्य बनाउन श्रमदान अभियान सञ्चालन गरिएको हो । त्यस्तै, जनप्रतिनिधि, स्थानीय, खेलाडी र विद्यार्थीले श्रमदान गरेर खेलमैदान स्तरोन्नति गर्न लागिएको मङ्गला–५ का

आज रुपन्देही जाँदै पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देही जाने भएका छन् । शाहको आज दिउँसो २ बजे भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पुग्ने कार्यक्रम रहेको छ । त्यस्तै, शाह बुटवल र भैरहवाका विभिन्न कार्यक्रममा सहभागी हुने र उनको अभिनन्दन गर्ने समेत कार्यक्रम छ । त्यसैगरी, शाहलाई विमानस्थलमा स्वागत गरिने अभिनन्दन मूल आयोजक समिति तथा राष्ट्रिय

अनियमितता भेटिए नसहने प्रधान न्यायाधीश श्रेष्ठको चेतावनी

काठमाडौं। प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले कुनै पनि प्रकारको अनियमितता भेटिए आफूले नसहने बताएका छन् । उच्च अदालत पाटनको पेसी व्यवस्थापन अटोमेसन शुभारम्भ गर्दै आइतबार प्रधान न्यायाधीश श्रेष्ठले अनियमितता भेटिए कठोर बन्ने बताएका हुन् । “मुख्य न्यायाधीशज्यूहरू आफ्ना नजिकका जिल्ला अदालतसम्म मुन्टो उठाएर हेर्नुस्, कमीकमजोरी घटाउन काम गर्नुस् । प्रविधिले सहजीकरण

सुन्तला खेतीबाट दश करोड भित्र्याउँदै इच्छाकामना

चितवन। सुन्तला खेतीबाट मात्रै इच्छाकामना गाउँपालिकाका किसानले मनग्य आम्दानी लिने भएका छन् । यहाँ रहेका चार सय ५० भन्दा बढी किसानले यस वर्षमात्रै रु १० करोड आम्दानी लिने भएका हुन् । उक्त गाउँपालिकाको कृषि विकास शाखाका अनुसार यहाँका किसानले उत्पादन गरेको सुन्तलाले राम्रो मूल्य पाएपछि यस वर्ष आम्दानी धेरै हुने

कञ्चनपुरमा सरकारको अनुदानमा किसानलाई हाते ट्रयाक्टर वितरण

बेदकोट,कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । सङ्घीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको हो । त्यसैगरी, भीमदत्त नगरपालिका–७ का अध्यक्ष गणेश चन्दले सरकारी अनुदानमा ५० प्रतिशत कृषकको लागतमा हाते ट्र्याक्टर वितरण गरिएको बताएका छन् । “पहिलो पटक ३५ किसानलाई हाते ट्र्याक्टर वितरण

सांसदले बैठक स्थगन गर्न माग गरेपछि संशोधनकर्तासँगको छलफल स्थगित

काठमाडौं। कानून, न्याय तथा मानव अधिकार समितिका अधिकांश सदस्यले बैठक स्थगित गर्न माग गरेपछि आइतबार बैठक स्थगित भएको छ । आइतबार बिहान ११ बजेदेखि सुरु भएको बैठकको सुरुमा नै समितिका अधिकांश सदस्यले सबै संशोधनकर्तालाई बोलाउन माग गरेपछि आगामी पुष १६ गते ११ बजे बैठक बस्नेगरी स्थगित भएको हो । उक्त

सर्वोच्चका मुख्य रजिस्ट्रार कुँवर र रजिस्ट्रार पौडेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस

काठमाडौं। न्यायपरिषदले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको छ । आज बसेको परिषदको बैठकले उच्च अदालतमा दुईजना मात्रै न्यायाधीशको नाम सिफारिस गरेको हो । त्यस्तै, इतबारको न्यायपरिषद बैठकले उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश चन्द्रबहादुर सारुलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा

छैटौं तुल्सीलाल स्मृति बुद्धिचाल यही पुस अन्तिम साता हुने

काठमाडौं। ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता यही पुसको अन्तिम साता हुने भएको छ । आयोजकले शनिबार पत्रकार सम्मेलत गर्दै प्रतियोगिता यही पुस २३ देखि २८ सम्म ललितपुर च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान हलमा हुने जानकारी गराइएको हो । उक्त

सम्वन्धित समाचारहरु