Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

मुनव्वर फारुकीले जिते बिग बोस –१७ को उपाधि


काठमाडौं। विवादास्पद रियालिटी शो ‘बिग बोस १७’को उपाधि मुनव्वर फारुकीले जितेका छन् । ‘लकअप सिजन !’ पछि मुनव्वरले यो अर्को ठूलो उपाधि जितेका हुन् ।

‘बिग बोस १७’ को उत्कृष्ट पाँचमा अंकिता लोखण्डे, मुनव्वर फारुकी, अभिषेक कुमार, मन्नारा चोपडा र अरुण माशेट्टी पुगेका थिए, तर फिनालेमा एक-एक प्रतियोगी शोबाट बाहिरिएपछि अन्तिममा अभिषेक कुमार र मुनव्वर मात्र थिए । त्यस्तै, मुनव्वरले एक ट्रफीसँगै ५० लाख रुपैयाँ र हुण्डाईको क्रेटा कार पाएका छन् । उनको जितसँगै सामाजिक सञ्जालमा उनलाई बधाई दिनेको ओइरो लागेको छ भने ट्वीटरमा लगातार मुनब्बरको नाम ट्रेन्डिङ भइरहेको छ ।

मुन्नव्वर प्रख्यात स्टेण्डअप कमेडियन हुन् । उनी आफ्नो शायरीले दर्शकको मन जित्दै आएका छन् । उनको स्टेण्डअप कमेडीलाई दर्शकले यति धेरै मन पराउँछन् कि उनका हरेक शो हाउसफूल हुन्छन् । मुनव्वर ‘बिग बोस १७’ अघि कंगना रनावतको शो ‘लकअप सिजन १’मा देखिएका थिए । उनका हरेक खेल दर्शकले मन पराएका थिए भने यो शो पनि उनले जितेपछि उनको लोकप्रियता थप बढेको थियो । त्यसो त उनी विवादमा आइरहने कमेडियन पनि हुन् ।

त्यस्तै, परिवारको आर्थिक अवस्था कमजोर भएपछि मुनव्वरले परिवार पाल्नकै लागि समोसा बेच्ने काम गरे । इन्दोरका उनले सन् २००७ मा मुम्बई आएपछि भाडाको दोकानमा काम गरे । यो काम गर्दा उनले ६० रुपैयाँ मात्र ज्याला पाउँथे । यसबाहेक उनले ग्राफिक डिजाइनरको पनि काम गरे । सन् २०१७ मा ओटिटी प्लेटफर्म आएपछि उनलाई कमेडी शोको बारेमा थाहा भयो ।


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?