Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

त्रिभुवन विश्वविद्यालयले आजदेखि अनलाइनबाट सेवा दिने


काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले आजदेखि आफ्ना सेवा अनलाइनबाटै दिने भएको छ।

उक्त कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउनेलगायतका सेवा अनलाइनबाटै लिन सकिने कार्यालयले जनाएको छ भने सो कार्यालयका अनुसार यो सेवा आज बिहान १० बजेदेखि सञ्चालन हुनेछ।

त्यस्तै, केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुने र पूर्ण अनलाइन सञ्चालनबारे पुनः सूचना प्रकाशन गरी जानकारी दिने कार्यालयले बताएको छ भने अनलाइन प्रक्रियाका लागि tuexam.edu.np  मा लगइन गरी सर्टिफिकेट लिङ्कमा क्लिक गरेपछि साइन अप गर्नुपर्छ। त्यसपछि सेवाग्राहीले कार्यालयले मागे सूचना विवरण उपलब्ध गराउनुपर्ने छ ।

सो सूचना अपूर्ण वा गलत भएमा सम्बन्धित विद्यार्थीलाई जानकारी गराइने र पुनः अपलोड गर्न सक्ने व्यवस्था हुने कार्यालयले जनाएको छ।


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?