Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

माल्दिभ्समा सत्ता पक्ष र विपक्षी दलका सांसदबीच झडप


काठमाडौं। माल्दिभ्समा सत्ता पक्ष र विपक्षी दलका सांसदबीच झडप भएको छ । प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारले ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको लागि गरेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) ले विरोध जनाएपछि झडप भएको हो ।

त्यसैगरी, स्थानीय सञ्चारमाध्यमका अनुसार प्रमुख विपक्षी दल ‘माल्दिभ्स डेमोक्रेटिक पार्टी’(एमडीपी) ले मन्त्रिपरिषद्मा मतदान गर्नुअघि मुइज्जुको सरकारले गरेको सिफारिस चार सदस्यको संसदीय अनुमोदन रोक्नु पर्ने माग गरेको थियो ।’

एमडीपीको मागमा सरकार पक्षधर सांसदहरुले विरोध गर्न थालेपछि संसदभित्रै पक्ष र प्रतिपक्षका सांसदहरु हात हालाहालको स्तरमा उत्रिदा बैठक नै अवरुद्ध भएको थियो । त्यस्तै, दुई पक्षबीचमा भएको झडपको क्रममा कान्दथिमुका सांसद अब्दुल्ला साहीम, अब्दुल हकीम साहीम र केन्डिकुलहुदुका सांसद अहमद इसाबीच हातहालाहालको अवस्था आएको थियो ।

उक्त झडपका क्रममा दुवै सांसद चेम्बर नजिकै खसेकाले शहीमको टाउकोमा पनि चोट लागेको जनाइएको छ भने अल्पसंख्यक नेता मुसा सिराजले विवाद रोक्न खोजेका थिए । गठबन्धन सरकारले आवास, भूमि तथा शहरी विकास मन्त्री डा. अली हैदर, इस्लामिक मामिला मन्त्री मोहमद शहीम अली सईद, आर्थिक तथा व्यापार विकास मन्त्री मोहम्मद सईद र महान्यायाधिवक्ता अहमद उशमलाई नियुक्त गर्न चाहेको थियो ।

त्यसपछि मन्त्रिपरिषदका सदस्यको नियुक्ति प्रस्ताव पास गर्ने विषयमा भोटिङ हुन पाएन । प्रधानमन्त्री मुइज्जु नेतृत्वको गठबन्धन सरकारलाई चिन निकट रहेको बताइन्छ भने,उता प्रमुख प्रतिपक्षी विपक्षी दल एमडीपी भारतको निकटस्थ मानिन्छ ।


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?