Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इरानले गर्‍यो तीन उपग्रहको अन्तरिक्षमा सफल परीक्षण, पश्चिमी देशहरू सशंकित


काठमाडौं। इरानले आइतबार तीन वटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको जनाएको छ, तर पश्चिमी देशहरूले इरानको उक्त कार्यको आलोचना गरेका छन् ।

पश्चिमी देशहरूले त्यसले इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई अझ बढाउने भन्दै आशंका गरेका छन् भने इरानको सिमोर्ग रकेटको सफल परीक्षण भएको जनाइएको छ । त्यस्तै, इरानले गरेको यो प्रक्षेपण गाजा पट्टीमा इजरायलले हमासविरुद्ध जारी युद्धका कारण पश्चिम एसियामा तनाव बढेको बेला गरेकाले अन्तर्राष्ट्रिय समुदायले पनि चासो देखाएका छन् ।

इरानको सरकारी टेलिभिजनले जारी गरेको फुटेजमा राति सिमोर्ग रकेट प्रक्षेपण गरिएको देखाइएको छ । सरकारी टेलिभिजनले प्रक्षेपण गरिएका भूउपग्रहहरूलाई महदा, केहान-२ र हत्फ-१ नाम दिएको छ भने महदा एक अनुसन्धान उपग्रह हो, जबकि कायहान र हत्फ क्रमशः ग्लोबल पोजिसनिङ र सञ्चारमा केन्द्रित नानो उपग्रह हुन् ।

त्यसैगरी, अमेरिकाले यसअघि इरानको स्याटेलाइट प्रक्षेपणले आणविक हतियार पुर्‍याउन सक्ने ब्यालेस्टिक मिसाइलसँग सम्बन्धित कुनै पनि गतिविधि नगर्न आह्वान गर्दै संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गरेको बताएको थियो ।

इरानको ब्यालेस्टिक मिसाइल उक्त कार्यक्रमसँग सम्बन्धित राष्ट्रसंघले लगाएको प्रतिबन्ध गत अक्टोबरमा सकिएको थियो ।


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?