Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

तनहुँमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


तनहुँ। तनहुँमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । उक्त ट्रकको ठक्करबाट घाइते भएपछि चितवन मेडिकल कलेज पुर्‍याएका मोटर साइकल चालक आबुखैरेनी गाउँपालिका-३ का २६ वर्षीय सफल रानामगरको मृत्यु भएको हो ।

रानामगर आइतबार रात राति करिब ९ बजे आँबुखैरेनी गाउँपालिका-२ ढापटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै थिए । त्यसक्रममा ग १ क ५०१२ नम्बरको मिनि ट्रकसँग मगर चढेको प्र.३ ०२-००९ प ८५३० नम्बरको मोटर साइकलले ठक्कर खाएको तनहुँका डिएसपी मोहनबहादुर खाणले जानकारी दिएका छन् ।

त्यस्तै, डिएसपी खाणका अनुसार घाइते भएपछि उपचारका लागि अस्पताल पुर्‍याइएका राना मगरलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
ट्रकका चालकलाई नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?