१९ वैशाख, काठमाडाैँ । रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको मृत्यु भएको छ । चितवनमा घरको छतबाट खसेर घाइते भएका थापाको उपचारको क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । उनको करीब २ बजेतिर मृत्यु भएको जनाइएको छ । आफन्तले उनको शव अस्पतालबाट लिएर गएको पनि बताइएको छ । गत
१९ वैशाख, वाशिङटन डिसी । विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन् । सुखद भविष्यको सपना साँचेर अवसरको खोजीमा अध्ययन, व्यवसायको सञ्जाल विस्तार, सुव्यवस्थित बसोबासका लागि अमेरिका आउनेहरु आज पनि उत्तिकै छन् । आफ्नो भूगोलबाट ठ्याक्कै विपरीत धु्रवमा रहेको
१९ वैशाख, बागलुङ । चालु आर्थिक वर्षको झण्डै साढे दुई महिना बाँकी रहँदा बागलुङको जैमिनी नगरपालिकाका कर्मचारी फुर्सदिला भएका छन् । यहाँका जनप्रतिनिधि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटको तयारीमा जुटेका छन् । जैमिनीमा चालु आवमा विनियोजन भएको बजेट तथा कार्यक्रममध्ये ९५ प्रतिशत काम सकिएको छ । बाँकी केही
१९ वैशाख, काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवम नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गरेका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत फाइनल खेलमा युनाइेटड अरब इमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेकामा नेपाली खेलाडीलाई बधाई दिएका हुन् । उनले नेपाली क्रिकेट टोलीसहित
१९ वैशाख, एजेन्सी । रुसले युद्धग्रस्त सुडानबाट आफ्ना दुई सय नागरिकलाई उद्धार गर्ने घोषणा गरेको छ । चार वटा सैनिक विमानबाट दुई सय जना रुसी नागरिकलाई सुडानबाट फिर्ता ल्याइने रुसको सशस्त्र बलले जनाएको छ । रक्षा मन्त्रालयले आज जारी गरेको विज्ञप्तिअनुसार सुडानमा रहेका रुसी कूटनीतिक कर्मचारी, सैनिक अधिकारी, रुसी नागरिकका साथै
१९ वैशाख, काठमाडाैँ । नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले अमेरिकी डलर पाँच करोड २८ लाख (करिब सात अर्ब रुपैयाँ) बराबर ऋण निकासा दिने भएको छ । आइएमएफले सोमबार जारी गरेको विज्ञप्तिअनुसार कार्यकारी समिति (एक्जुकेटिभ बोर्ड) बैठकले इसिएफअन्तर्गतको ऋण निकासा दिने
१९ वैशाख, काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजेता नेपाली खेलाडीहरुलाई बधाई ज्ञापन गरेकी छन् । उनले विजेता नेपाली टिमका खेलाडीहरुलाई शुभकामना दिँदै आजको यो जितले नेपाल र नेपालीको शिर उचो बनाएको र क्रिकेट खेलप्रेमीहरुलाई खुसी तुल्याएको जनाएकी छन् । पूर्वराष्ट्रपति भण्डारीले विजेता नेपाली टिम आगामी
१९ वैशाख, बारा । बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवलाई सभामुख देवराज घिमिरेले आज संसदको कानुन न्याय तथा मानवअधिकार समितिको कक्षमा शपथ गराएका हुन् । यादव यही वैशाख १० मा भएको
१९ वैशाख, काठमाडाैँ । पर्यटकीय गन्तव्य ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरणका लागि एकमहिने अभियान सञ्चालन गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्नका लागि काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सम्बन्धित घरधनी तथा व्यवसायीको सहकार्यमा एकमहिने अभियान सञ्चालन गरेको हो । परिषद्का अध्यक्ष भविश्वर शर्माले स्वदेशी तथा विदेशी
१९ वैशाख, एजेन्सी । ओक्लाहोमामा हराएका किशोरीको खोजीका क्रममा सात जनाका शव भेटिएका छन् । ओक्लाहोमा सहरबाट एक सय ४५ किलोमिटर पूर्वमा अवस्थित हेन्रीएटा सहरमा गरिएको खोजतलासका क्रममा सात जनाको शव भेटिएको अनुसन्धान अधिकारीहरूले बताएका छन् । ओक्लाहोमा राज्यको अनुसन्धान कार्यालयका प्रवक्ता जेराल्ड डेभिडसनले चिकित्सा परीक्षणबाट मृतको परिचय खुल्ने बताउँदै हराएका