Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

हराएकी किशोरीको खोजी गर्दा ७ जनाको शव भेटिए


१९ वैशाख, एजेन्सी । ओक्लाहोमामा हराएका किशोरीको खोजीका क्रममा सात जनाका शव भेटिएका छन् । ओक्लाहोमा सहरबाट एक सय ४५ किलोमिटर पूर्वमा अवस्थित हेन्रीएटा सहरमा गरिएको खोजतलासका क्रममा सात जनाको शव भेटिएको अनुसन्धान अधिकारीहरूले बताएका छन् ।

ओक्लाहोमा राज्यको अनुसन्धान कार्यालयका प्रवक्ता जेराल्ड डेभिडसनले चिकित्सा परीक्षणबाट मृतको परिचय खुल्ने बताउँदै हराएका किशोरी पनि ती मृतकको समूहमा भएनभएको जानकारी परीक्षणपछि मात्र ज्ञात हुने जनाएका छन् । मृतकहरूको परिचय सार्वजनिक गरिएको छैन ।

१४ वर्षीया आइबी वेबस्टर र १६ वर्षकी ब्रिटनी ब्रुवर हराएकाले उनीहरूको खोजबिनका लागि सोमबार जारी गरिएको ‘खोजीको सूचना’ सोमबार अपराह्न ओक्लाहोमा राज्यमार्ग गस्तीले रद्द गरेको छ । बेवस्टर र ब्रुवरलाई यौन अपराधमा कारगारबाट छुटेका जेसी म्याकफडेनसँग यात्रामा रहेको देखिएको थियो । बलात्कारमा दोषी उनी सन् २०२० को अक्टोबरमा रिहा भएका थिए ।


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?