Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

उपनिर्वाचनबाट निर्वाचित सांसद् उपेन्द्र यादवले लिए शपथ


१९ वैशाख, बारा । बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवलाई सभामुख देवराज घिमिरेले आज संसदको कानुन न्याय तथा मानवअधिकार समितिको कक्षमा शपथ गराएका हुन् ।

यादव यही वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा निर्वाचित भएका थिए । उपनिर्वाचनमा तनहुँ–१ र चितवन–२ बाट निर्वाचित र स्वर्णिम वाग्ले र रवि लामिछानेले भने यसअघि नै शपथ लिइसकेका छन् ।


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?