Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

रवि लामिछानेका सवारी चालक थापाको उपचारका क्रममा मृत्यु


१९ वैशाख, काठमाडाैँ । रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको मृत्यु भएको छ । चितवनमा घरको छतबाट खसेर घाइते भएका थापाको उपचारको क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

उनको करीब २ बजेतिर मृत्यु भएको जनाइएको छ । आफन्तले उनको शव अस्पतालबाट लिएर गएको पनि बताइएको छ ।

गत वैशाख ४ गते चितवनमा एक घरको छतबाट खसेर थापा सिकिस्त घाइते भएका थिए । पहिले चितवन मेडिकल कलेजमा उपचार गरिएता पनि थप उपचारका लागि उनलाई एयरलिफ्ट गरी मेडिसिटी अस्पताल ल्याइएको थियो ।

गत वैशाख १० गते भएको उपनिर्वाचनबाट रवि लामिछाने सांसदमा निर्वाचित भएका छन् । लामिछानेको चुनावी कार्यक्रममा थापा अहोरात्र खटिएका थिए ।


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?