Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

रवि लामिछानेका सवारी चालक थापाको उपचारका क्रममा मृत्यु


१९ वैशाख, काठमाडाैँ । रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको मृत्यु भएको छ । चितवनमा घरको छतबाट खसेर घाइते भएका थापाको उपचारको क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

उनको करीब २ बजेतिर मृत्यु भएको जनाइएको छ । आफन्तले उनको शव अस्पतालबाट लिएर गएको पनि बताइएको छ ।

गत वैशाख ४ गते चितवनमा एक घरको छतबाट खसेर थापा सिकिस्त घाइते भएका थिए । पहिले चितवन मेडिकल कलेजमा उपचार गरिएता पनि थप उपचारका लागि उनलाई एयरलिफ्ट गरी मेडिसिटी अस्पताल ल्याइएको थियो ।

गत वैशाख १० गते भएको उपनिर्वाचनबाट रवि लामिछाने सांसदमा निर्वाचित भएका छन् । लामिछानेको चुनावी कार्यक्रममा थापा अहोरात्र खटिएका थिए ।


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?