काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले विचौलिया प्रकरणमा सरकार, अदालत तथा राज्यका विभिन्न निकायसँग जोडिएका विषयमा निष्पक्ष र गहिरो छानबिन हुनुपर्ने बताएका छन् । सिंहदरबारमा सोमवार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दैै उनले संसदीय समिति बनाएर निष्पक्ष छानविन गर्न आवश्यक रहेको बताएका हुन् । उनले अदालत, सरकार र
काठमाडौँ । नेपाली काँग्रेसले पत्रकार पक्राउ तथा प्रेस स्वतन्त्रतामाथि भएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । काँग्रेसको सोमवार बसेको संसदीय दलको बैठकले संसदीय विशेष छानविन समिति बनाउन माग गर्ने निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रेस स्वतन्त्रतामाथिको
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वित्तीय प्रविधि (फिनटेक) नवप्रवर्तनलाई प्रोत्साहन गर्न आवश्यक नियामकीय तथा सुपरिवेक्षकीय व्यवस्था सुदृढ गर्दै अनुकूल वातावरण निर्माण गर्दै आएको बताएका छन् । सोमवार नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा उहाँले वित्तीय क्षेत्रमा जिम्मेवार नवप्रवर्तनका लागि नवप्रवर्तक, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, विप्रेषण
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको कार्यकारी भूमिकामा रहेका व्यक्तिहरुका गतिविधिहरुले राज्य सञ्चालनको विषयलाई बालबालिकाहरुले खेल्ने भाँडाकुटी जस्तो बनाइएको टिप्पणी गरेका छन् । सोमवार प्रेस चौतारी नेपालले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राज्यको जिम्मेवार ओहदामा बस्ने व्यक्ति अझै संयमित र जिम्मेवार हुनुपर्नेमा सत्ता सञ्चालनलाई मजाकको
काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले गत भदौ १० गते आएको भोटेकोशी बाढीका बारेमा चीन सरकारले तत्काल सूचना नदिएको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले चिनियाँ पक्षले नेपाललाई तत्काल सूचना उपलब्ध गराउन नसकेको बताएका हुन्
काठमाडौँ । विवादित न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा नेपाली काँग्रेसले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने भएको छ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस विषयमा संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गर्ने धारणा र त्यसले अघि बढाउने प्रक्रियालाई हेरेर पार्टीले आफ्नो दृष्टिकोण तय गर्ने बताएका छन् ।
काठमाडौँ । जापानका लागि नेपालको प्रश्तावित राजदुत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाई समितिको सोमवारको बैठकमा सभापति वोधनारायण श्रेष्ठले प्रश्तावित राजदुत थापाले नाम फिर्ता लिनुभएको जानकारी दिएका छन् । उनकाअनुसार थापाले आफूविरुद्ध उठेको स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) सम्बन्धी प्रश्नका कारण राजदुतका लागि दिएको आफ्नो नाम
काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न न्यायालयको पुनःसंरचना आवश्यक रहेको बताएकी छिन् । सोमवार नेपाली काँग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सर्वोच्चका न्यायाधीश तथा प्रधानन्यायाधीशको समेत नाम जोडर सार्वजनिक भएका घटनाहरुले न्यायालयप्रति सर्वसाधारणको विश्वास कमजोर
काठमाडौँ ।सर्वोच्च अदालतमा सिफारिस भएका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाई समितिमा ९ वटा उजुरी परेका छन् । सोमवार बसेको समितिको बैठकमा समिति सभापति बोधनारायण श्रेष्ठले उक्त जानकारी दिएका छन् । उनकाअनुसार प्रस्तावित न्यायाधीशहरूको सुनुवाईका लागि हाल उजुरी संकलन गर्ने प्रक्रिया जारी रहेको छ । प्राप्त उजुरीमध्ये सबै जना प्रश्तावित न्यायाधीशविरुद्ध दुई–दुईवटा,
काठमाडौं। दसैँ बिदापछि खुलेको सेयर बजारमा गत साता सकारात्मक गति देखिएको छ।साताअघि २,६३४.१७ विन्दुमा रहेको नेप्से साताको अन्तिम कारोबार दिन २,६९०.१५ विन्दुमा पुगेको हो। यस अवधिमा सूचक ५५.९८ अंक अर्थात् २.१३ प्रतिशतले बढेको छ। कारोबार रकममा आएको उल्लेख्य वृद्धिले बजारमा लगानीकर्ताको सहभागिता र खरिद चाप बढेको देखाउँछ। गत साता कुल