Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

समाचार


नागरिकता विधेयक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ

२८ चैत्र, रूपन्देही । उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताएका छन् । प्रेस सेन्टर रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकाहरुलाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने बताएका हुन् । “मैले गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेदेखि नै भनेको छु यो

सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक

२८ चैत्र, काठमाडाैँ । सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक भएको छ । सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेजमा कसैले अनधिकृत पहुँच पुर्याइ असान्दर्भिक पोस्ट समेत गरेको छ । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले पेज नियन्त्रणमा ल्याउने प्रयास भइरहेको जानकारी दिएका छन् । उनले आज बिहानदेखि फेसबुक पेजमा

सरकार निजी क्षेत्रको क्रियाशीलता र योगदान अझ बढोस् भन्ने चाहन्छ: प्रधानमन्त्री प्रचण्ड

२८ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार निजी क्षेत्रको क्रियाशिलता र योगदान अझ बढोस् भन्ने चाहेको बताएका छन् । राजधानीमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा समुद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘निजी क्षेत्र बलियो र शसक्त नभई मुलुक समृद्ध हुन

एमसिए नेपालको प्रशारणलाइन निर्माणमा पालिकाको असहयोग, बैठक बहिष्कार

२८ चैत्र, रसुवा ।  मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना अन्तर्गत निर्माण गर्न लागिएको प्रशारण लाइनको जग्गा मुआब्जासम्बन्धी बैठकमा नुवाकोटका पाँच गाउँपालिकामध्ये चार स्थानीयले बहिष्कार गरेका छन् । एमसिसी अन्तर्गत रहेको मिलेनियम च्यालेञ्ज अकाउण्ट (एमसिए) नेपाल विकास समितिको आग्रहमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले सोमबार बोलाएको बैठकमा प्रसारण लाइनबाट प्रभावित

निर्वाचन जित्ने गरी तयारीमा लाग्नुपर्छ : विश्वप्रकाश शर्मा

२८ चैत्र, तनहुँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नुपर्ने बताएका छन् । कांग्रेस तनहुँ पार्टी कार्यालयमा आज आयोजित छलफलमा महामन्त्री शर्माले तनहुँ–१ मा कांग्रेसको तर्फबाट उम्मेदवार रहेका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई विजयी गराउने हिसाबले लाग्न सम्पूर्ण कार्यकर्ता एकढिक्का भएर लाग्नुपर्ने बताएका हुन्

बिस्केट जात्रा : आज बिहान रथलाई गःहिटी पुर्‍याइयो

२८ चैत्र, भक्तपुर । बिस्केट जात्राका लागि तानिएको भैरबको रथ आज बिहान दत्तात्रय नजिक थियो । दत्तात्रयदेखि इनाचोसम्म सडकभरि फुटेका छरपष्ट इँटा र ढुङ्गा देख्दा बिहान यही बाटो भएर ओहोरदोहोर गर्नेहरूले सहजै अनुमान लगाउँथे कि यसवर्ष पनि बिस्केट जात्रामा मध्यराति ढुङ्गा हानाहान भयो । कतिपयले बिहानै सामाजिक सञ्जालमा यसको फोटो तथा

नापी र मालपोत कार्यालय एकीकृत गरिने

२८ चैत्र, काठमाडाैँ । भूमि प्रशासनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नापी कार्यालय र मालपोत कार्यालय एकीकृत गरिने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले नापी र मालपोत एउटै प्रकृतिका दुई कार्यालय भएको र सेवाग्राहीले दुईवटा निकाय धाउँदा समस्या भोग्नु परेकाले अब शीघ्र एकीकरण गर्ने

विवाह गर्न वडाको सिफारिस अनिवार्य

२८ चैत्र, जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा विवाह गर्नका लागि सिफारिस अनिवार्य गरिएको छ । गाउँपालिकाले बालविवाह रोकथाम गर्न वडाको सिफारिस अनिवार्य गरेको हो । उक्त पालिकाको– ५ मा पर्ने दुर्गम चारवटा गाउँलाई बालविवाहमुक्त गाउँ घोषाण गरिएको छ । दिगो विकासको लक्ष्यअनुरूप पातारासीका गाउँलाई बालविवाहमुक्त घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिह

पाँच क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक बनाउने निर्णय

२८ चैत्र, सुदूरपश्चिम । सुदूरपश्चिम विश्वविद्यालयले थप पाँचवटा क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउने निर्णय गरेको छ । उक्त विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले कञ्चनपुरको झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पस, डडेल्धुराको भीमदत्त बुहुमखी क्याम्पस, बझाङको दीप बहुमुखी क्याम्पस र बझाङकै सुनकुडा बहुमुखी क्याम्पसलाई आङ्गिक बनाउने निर्णय भएको जानकारी गराए।

बागलुङका ३७ वडा पहिराको उच्च जोखिममा

२८ चैत्र, बागलुङ ।  बागलुङ जिल्लाको दशवटा स्थानीय तहका ८५ वडामध्ये ३७ वडा पहिराको उच्च जोखिममा र ३१ वडा मध्यम जोखिममा परेका छन् । मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ जिल्ला नै पहिराको उच्च जोखिममा पर्छ । जिल्ला विपद् व्यवस्थापन समितिले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण

सम्वन्धित समाचारहरु