Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

रिहा भएपछि घर फर्किए पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान


३१ वैशाख, एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आफ्ना समर्थक र सुरक्षा बलबीच केही दिनदेखि जारी झडपलाई ‘गैरकानुनी’ घोषित गरेपछि शनिबार रिहाईपछि घर फर्किए ।

गत वर्षको अप्रिलमा सत्ताबाट हटाइए यता दर्जनौं कानुनी मुद्दामा मुछिएका एक समयका सप्रसिद्ध क्रिकेटरसमेत रहेका पूर्व प्रधानमन्त्री खानलाई जमानतमा रिहा गरिएको हो ।

उनको पक्राउपछि आक्रोशित समर्थकहरूले सरकारी भवनहरूमा आगजनी गरेका थिएभने सडकहरू अवरुद्ध गरेका थिए । उनीहरूले सेनाको सम्पत्तिमा समेत क्षति पुर्याएका थिए ।

रिहा भएपछि इस्लामाबाद उच्च अदालतबाट खानले एएफपीसँग भने, “देशको सबैभन्दा ठूलो पार्टीका प्रमुखलाई षड्यन्त्रपूर्वक अपहरण गरिएको थियो । उच्च अदालतबाट अपहरण गरिएको थियो र सिङ्गो राष्ट्रको सामुन्ने अपहरण गरिएको थियो ।” पक्राउपछिको प्रदर्शनबारे स्पष्टिकरण दिँदै उनले भने, “उनीहरूले मलाई आतङ्कवादीजस्तो व्यवहार गरे, यसको प्रतिक्रिया हुनुपथ्यो ।”

गत अप्रिलमा अविश्वासको प्रस्तावमा सत्ताबाट हटेपछि खानले सरकार र सरकारी सुरक्षा निकायविरूद्ध पटक–पटक आन्दोलित भएको छ ।

यसअघि, सरकारको गठबन्धनका प्रमुख तथा प्रधानमन्त्री शहबाज सरिफले हिंसालाई ‘सहयोग गर्ने, उक्साउने र भड्काउने’ कार्यमा संलग्नलाई ७२ घण्टाभित्र पक्राउ गर्नुपर्ने चेतावनी दिएका थिए।

लाहोर भ्रमणका क्रममा उनले भने, “राज्यविरोधी व्यवहार प्रदर्शन गर्नेलाई पक्राउ गरी आतङ्कवाद विरोधी अदालतमा मुद्दा चलाइनेछ ।”

खानका एक वकिलका अनुसार प्रदर्शन सुरु भएयता पीटीआईका वरिष्ठ नेतृत्वका भएको आन्दोलनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ भने सयौँको सङ्ख्यामा पक्राउ गरिएको छ ।

गृहमन्त्री राना सनाउल्लाले निकै लोकप्रिय रहेका खानलाई शरद ऋतुमा हुने चुनावअघि प्रहरीले पुनः पक्राउ गर्ने बताउँदै आएका छन् ।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?