Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

म्यान्मारमा २६.४ केजी हेरोइन बरामद


३१ वैशाख, एजेन्सी । म्यान्मारको मण्डले क्षेत्रबाट २६.४ किलोग्राम हेरोइन बरामद गरिएको छ । अधिकारीहरूले देशको केन्द्रीय क्षेत्र मण्डलेमा २६.४ किलोग्राम हेरोइन बरामद गरेको लागुऔषध दुरुपयोग नियन्त्रण केन्द्रीय समितिले शुक्रबार उल्लेख गरेको गरेको छ।

गोप्य सूचनाका आधारमा लागुऔषध विरुद्धको कारबाहीमा प्रहरीले मे ७ मा मण्डलेको बस स्टेशनमा एउटा गाडीबाट अर्को गाडीमा सारिएको बोराको खोजी गर्दा साबुन कन्टेनरमा रहेको २६.४ केजी हेरोइन बरामद गरेको हो ।

सो अबैध कारोबारमा संलग्न रहेको आशङ्कामा पाँच संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरिएको छ । बरामद लागुऔषधको मूल्य लगभग ६६६० मिलियन क्याट (३१४,२८५ अमेरिकी डलर भन्दा बढी) रहेको बताइएको छ ।

संदिग्धहरूलाई लागुऔषध र साइकोट्रोपिक पदार्थ कानून अन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको बताइएको छ ।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?