Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

सुडानबाट एक लाख इथियोपियाली फिर्ता हुँदै


३१ वैशाख, एजेन्सी । सुडानबाट एक लाख इथियोपियाली र ३० हजार तेस्रो मुलुकका नागरिक गरी करिब डेढ लाख व्यक्ति इथियोपिया प्रवेश गर्ने अनुमान गरिएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) ले जनाएको छ ।

सुडानबाट इथियोपिया प्रवेश गर्नेको सङ्ख्या सुडानमा जारी अवस्थाका कारण अहिलेसम्म १८ हजार ५०० नाघेको युएनओसीएचएले सुडानबाट छिमेकी इथियोपियामा मानिसहरूको आगमनको पछिल्लो स्थिति अद्यावधिक गर्दै जानकारी गराएको छ ।

राष्ट्रसङ्घीय निकायले फिर्ता हुने सबैको व्यवस्थापनका लागि समन्वय भइरहेको जनाएको छ । इथियोपियाले सुडानको अवस्था अप्रिलको मध्यमा सुरु भएदेखि नै सुडानबाट आउने मानिसहरूलाई स्वागत गरिरहेको युएनओसीएचएले उल्लेख गरेको छ ।

फर्केका तेस्रो मुलुकका नागरिक र सुडानीहरू अम्हारा, बेनिशन्गुल गुमुज र गाम्बेल्लाको क्षेत्रहरूमा इथियोपियासँगको सुडानी सीमामार्फत इथियोपिया प्रवेश गरिरहेका छन् । तत्कालको सङ्ख्या करिब २० हजारको हाराहारीमा रहेको बताउँदै अधिकारीहरूले कम्तीमा डेढलाख मानिस द्वन्द्व प्रभावित सुडानबाट इथियोपिया फर्किनसक्ने जनाएका छन् ।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?