Trending
>>   हङकङमा आँधीको चेतावनी जारी >>   टर्किएमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३३ घाइते >>   साउनको पहिलो सोमवार आज, पशुपतिमा भक्तजनको भीड (तस्बिरसहित) >>   वातावरण संरक्षणका लागि लायन्स ३२५ एम को वृहत् फलफूलजन्य वृक्षारोपण कार्यक्रम >>   मौसम : यी प्रदेशमा आज मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ०५ गते सोमबार >>   चालु आर्थिक वर्ष १ सय २० वटा कानून निर्माण गर्ने सरकारको लक्ष्य >>   एन्फा युथ लिगमा शिर्षमा उक्लियो संकटा, मनाङको पहिलो हार >>   शेखर कोईरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना छैनः सांसद बजगाईं >>   आफूनिकट संघ र प्रदेशका मन्त्रीलाई फिर्ता बोलाउने पक्षमा शेखर पक्ष, अर्को बैठकबाट निष्कर्ष निकालिने
Logo
५ श्रावण २०८२, सोमबार
५ श्रावण २०८२, सोमबार

सुडानबाट एक लाख इथियोपियाली फिर्ता हुँदै


३१ वैशाख, एजेन्सी । सुडानबाट एक लाख इथियोपियाली र ३० हजार तेस्रो मुलुकका नागरिक गरी करिब डेढ लाख व्यक्ति इथियोपिया प्रवेश गर्ने अनुमान गरिएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) ले जनाएको छ ।

सुडानबाट इथियोपिया प्रवेश गर्नेको सङ्ख्या सुडानमा जारी अवस्थाका कारण अहिलेसम्म १८ हजार ५०० नाघेको युएनओसीएचएले सुडानबाट छिमेकी इथियोपियामा मानिसहरूको आगमनको पछिल्लो स्थिति अद्यावधिक गर्दै जानकारी गराएको छ ।

राष्ट्रसङ्घीय निकायले फिर्ता हुने सबैको व्यवस्थापनका लागि समन्वय भइरहेको जनाएको छ । इथियोपियाले सुडानको अवस्था अप्रिलको मध्यमा सुरु भएदेखि नै सुडानबाट आउने मानिसहरूलाई स्वागत गरिरहेको युएनओसीएचएले उल्लेख गरेको छ ।

फर्केका तेस्रो मुलुकका नागरिक र सुडानीहरू अम्हारा, बेनिशन्गुल गुमुज र गाम्बेल्लाको क्षेत्रहरूमा इथियोपियासँगको सुडानी सीमामार्फत इथियोपिया प्रवेश गरिरहेका छन् । तत्कालको सङ्ख्या करिब २० हजारको हाराहारीमा रहेको बताउँदै अधिकारीहरूले कम्तीमा डेढलाख मानिस द्वन्द्व प्रभावित सुडानबाट इथियोपिया फर्किनसक्ने जनाएका छन् ।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?