Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

पुष्पा र अञ्जलीलाई आज जङ्गलमा छोडिँदै


३१ वैशाख, चितवन। प्रकृति संरक्षण कोष सौराहामा हुर्काएका पुष्पा र अञ्जली नामका दुई गैँडाका बच्चालाई निकुञ्जमै पुर्न स्थापित गरिने भएको छ । निकुञ्जको लामि ताल क्षेत्रमा ती दुवै गैँडालाई स्थानान्तरण गर्न लागिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णय अनुसार आजै (आइतबार) पुष्पा र अञ्जलीलाई निकुञ्जकै लामि ताल क्षेत्रमा लगेर छाड्न लागिएकाे हाे ।

निकुञ्जमा मातृ विहीन अवस्थामा भेटिएका पुष्पा र अञ्जलीलाई संरक्षण कोषले पाले र हुर्काएको हो । संरक्षण कोषका प्रमुख डा. बाबुराम लामिछानेका अनुसार पुष्पालाई सन् २०२० को जनवरीमा नवलपरासीको तमासपुर र अञ्जलीलाई २०२१ को अप्रिलमा नवलपरासीकै कुजौलीवाट नियन्त्रणमा लिएर पालिएको हो ।

कोषमा अहिले पनि पूजा नामको गैँडाको बच्चा रहेको छ । यसलाई २०७९ कात्तिकमा फेला पारिएको हो । यसरी फेला परेको गैँडाका बच्चालाई सुरुसुरुमा दूध नै खुवाएर हुर्काउने र पछि बिस्तारै घाँस र कुँडो खुवाउने गरिएको पनि उनले जनाए ।

चितवन निकुञ्ज र प्रकृति संरक्षण कोषले अहिले सम्म पुष्पा र अञ्जली जस्ता १५ वटा मातृ विहीन गैँडा हुर्काइ सकेको छ ।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?