Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

रूसको दाबी – रूसी सेना पुनः बाखमुतमा अघि बढिरहेको छ


३१ वैशाख, एजेन्सी । रूसले शनिबार आफ्नो सेनाले युक्रेनको पूर्वी शहर बाखमुतको एक क्षेत्रमा कब्जा जमाएको जनाएको छ ।

“डोनेट्स्कको दिशामा, आक्रमण टुकडीले आर्टेमोभ्स्क शहरको उत्तर–पश्चिमी भागको एक क्षेत्रलाई मुक्त गरेको छ,” रक्षा मन्त्रालयले बाखमुतलाई यसको रूसी नामले उद्धृत गर्दै भन्यो ।

बाखमुतमा आक्रमणको नेतृत्व गरिरहेको रूसको वाग्नर अर्धसैनिक समूहका प्रमुखले नियमित रूपमा रूसी सैनिकहरू शहरको छेउछाउबाट आक्रमणलाई तीव्र पार्दै यसको केन्द्रमा रहेका आफ्ना सेनाहरूको खोजी गरिरहेको दाबी गरेपछि यो घोषणा गरिएको हो ।

यसअघि रक्षा मन्त्रालयले बाखमुतको उत्तरमा सेना पुनः तैनाथ गरेको र मोर्चाबाट सेना फिर्ता हुन सक्ने सङ्केत गरेको थियो । मन्त्रालयले शनिबार सेनाले वाग्नर सेनालाई सहयोग गरिरहेको जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हवाई सेनाका एकाइले आक्रमणकारी टुकडीलाई सहयोग पु¥याएका छन् र शत्रुलाई शहरको किनारामा पुर्याएका छन् ।”

डोनेट्स्कको पूर्वी क्षेत्रमा चासिभ यारलगायत थुप्रै बस्तीनजिक युक्रेनी सेनालाई लक्षित गरी हवाई र तोपले आक्रमण गरेको रूसी विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: ३१ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?