Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

समाचार


रगत अभाव भएपछि पत्रकारद्वारा रक्तदान

२२ ,कात्तिक ,किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको सदरमुकाम अस्पतालमा रगत अभाव भएको छ । अस्पतालमा रगत अभाव भएपछि बिरामी मर्कामा परेका छन् । जिल्लामा रगत अभाव भएपछि प्रेस सेन्टर र प्रेस युनियन सङ्खुवासभाले आज सदरमुकाममा संयुक्त रक्तदान आयोजना गरेका हुन् । रगत अभावपछि रक्तदान गर्न नेपाल रेडक्रस सोसाइटी सङ्खुवासभाले रक्तदान गर्न

उच्च अदालतको आदेश : पोखराको लेकसाइड २४ घण्टा खोल्न दिनु

उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टानै खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ । उच्चका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले आज लेकसाइडमा भएका व्यापार व्यवसाय निरन्तर खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको हो । यसअघि व्यापार, व्यवसाय सञ्चालनमा रोक नलगाउन मागसहित स्थानीय

सडक पेटीमा एक युवक मृत अवस्थामा फेला

२२ ,कात्तिक ,काठमाडौँ । काठमाडौँ महानगरपालिका–११ थापाथलीस्थित सडक पेटीमा रहेको ह्विलचेयरमा रौतहट चन्द्रपुर नगरपालिका–२ वेताउना घर भई हाल काठमाडौँ थापाथली बस्ने ३५ वर्षीय नारायण राम मङ्गलबार मृत अवस्थामा फेला परेका छन् । बर्दिया, बाँसगढी नगरपालिका–२ रामनगर टोल बस्ने ४१ वर्षीय रामभागीरथ थारू सोही ठाउँस्थित खेतमा मङ्गलबार मृत अवस्थामा फेला परेको

महासङ्घको राहत सामग्री गृहको विपद् व्यवस्थापन समितिमार्फत

२२ ,कात्तिक ,काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले गृह मन्त्रालयको विपद् व्यवस्थापन समितिमार्फत तेस्रो चरणको राहत सामग्री हस्तान्तरण गरेको छ । महासङ्घले म्याट्रेस, टेन्ट, खाद्यान्न, लत्ता कपडा, औषधि, पानीसहितका राहत सामग्री प्रभावित क्षेत्रमा समितिमार्फत आज हस्तान्तरण गरेको हो । यसैगरी अन्य सङ्घसंस्थामार्फत सङ्कलित राहत सामग्रीलाई महासङ्घले सरकारको आग्रहमा ढुवानीमा सहजीकरण

स्रोत नखुलेको २६ लाखसहित दुई जना पक्राउ

२२ ,कात्तिक ,काठमाडौँ । काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद रु २६ लाख ५७ हजारसहित दुई जनालाई मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बर्दिया गेरूवा गाउँपालिका–२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौँ महानगरपालिका–१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक

भूकम्पपीडितलाई सात दिनको तलब

२२ ,कात्तिक ,काठमाडौँ । सर्वोच्च अदालतले जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । प्रधानन्यायाधीशको अध्यक्षतामा आज बसेको पूर्ण बैठकले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूले सात दिनको तलब भूकम्पपीडितलाई दिने निर्णय गरेको हो । यही कात्तिक १७ गते गएको भूकम्प र सोपश्चात् गएका परकम्पसमेतबाट पीडित परिवारको सहयोगार्थ उक्त रकम उपलब्ध

प्रधान सेनापति र स्वीट्जरल्याण्डका राजदूतबीच भेटघाट

२२ ,कात्तिक ,काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा ड्यानियल म्युलीबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ । प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशबीच

भूकम्पपीडितको सेवामा एमालेका जनसङ्गठन परिचालित

२२ ,कात्तिक ,काठमाडौँ । नेकपा (एमाले)का सबै जनसङ्गठनले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको सेवामा जुट्ने भएका छन् । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज भएको जनसङ्गठन समन्वय संयन्त्रको बैठकले अहिलेसम्म गरिएका उद्धार तथा राहतको कामप्रति धन्यवाद दिँदै प्रभावित क्षेत्रमा फैलन सक्ने महामारीप्रति सचेत हुँदै राहतका अघि बढाउने निर्णय गरेको संयन्त्रका प्रमुख

रौतहटमा महिलाको मृत्युको विषयमा एक स्वास्थ्यकर्मी पक्राउ

काठमाडौं। रौतहटमा बिरामीको मृत्यु भएको विषयमा प्रहरीले एक स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाले स्वास्थ्यकर्मी इन्द्रदेव यादवलाई पक्राउ गरेको हो । २० कात्तिकमा पाठेघरको समस्या लिएर अस्पतालमा उपचार गर्न आएकी गरुडा नगरपालिका–८ कि ३० वर्षकी नुरजहान खातुनको अपरेशन गरिएको थियो ।उक्त महिलाको उपचारमा संलग्न पाइएका यादवलाई पक्राउ

पर्यटन मन्त्रालय मातहतका निकायबाट चार करोड बढी सहयोग

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्पीडितका लागि सहयोग जुटाएको छ । मन्त्रलयले आज प्रधामन्त्री रहत कोषमा रू चार करोड १३ लाख ९८ हजार नौ सय ८८ सङ्कलन भएको रकम जम्मा गरेको हो । उक्त मन्त्रालय मातहतका विभिन्न निकायबाट जम्मा भएको रकम आज पर्यटनमन्त्री सुदन किरातीले प्रधानमन्त्री

सम्वन्धित समाचारहरु