Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

रगत अभाव भएपछि पत्रकारद्वारा रक्तदान


२२ ,कात्तिक ,किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको सदरमुकाम अस्पतालमा रगत अभाव भएको छ । अस्पतालमा रगत अभाव भएपछि बिरामी मर्कामा परेका छन् ।

जिल्लामा रगत अभाव भएपछि प्रेस सेन्टर र प्रेस युनियन सङ्खुवासभाले आज सदरमुकाममा संयुक्त रक्तदान आयोजना गरेका हुन् ।

रगत अभावपछि रक्तदान गर्न नेपाल रेडक्रस सोसाइटी सङ्खुवासभाले रक्तदान गर्न अनुरोध गरेको थियो । सङ्खुवासभामा एक सरकारीसहित आधा दर्जन अस्पताल सञ्चालनमा छन् ।

चाडपर्वका कारण जिल्लामा रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न विभिन्न सङ्घ संस्थासँग अनुरोध गरेको थियो ।

दसैँ, तिहार र छठजस्ता चाडपर्वको समयमा रगत अभाव भएकाले रक्तदानका लागि अनुरोध गरिएको नेपाल नेपाल रेडक्रस सोसाइटी सङ्खुवासभाकी कर्मचारी लक्ष्मी कार्कीले बताईन् । यसअघि रगत अभाव नभए पनि चाडपर्वमा बजारमा रगत अभाव भएको उनको भनाइ छ ।

चाडपर्वले दाताको सङ्ख्या घटेका कारण जिल्लामा रगत अभाव भएपछि संयुक्तरुपमा रक्तदान गरिएको प्रेस सेन्टर नेपाल सङ्खुवासभाका अध्यक्ष अनिष विष्टले बताए । रक्तदान कार्यक्रममा १५ जना बढीले रक्तदान गरेका छन् ।

विसं २०५३ मा नेपाल रेडक्रस सोसाइटीले आकस्मिक रक्त सञ्चार सेवा भनेर स्थापना गरेको भए पनि यसले ब्लड गु्रप छुट्याउने र दाता खोज्ने गर्दछ ।

जिल्लामा ब्लड बैंक नहुँदा तत्कालै शल्यक्रिया गर्नुपर्ने, गर्भवती र गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा पर्ने गरेका छन् ।

जिल्ला अस्पताल खाँदबारीले सङ्खुवासभा र भोजपुरको उत्तर क्षेत्र र धनकुटा जिल्लाका नागरिकलाई सेवा पुर्याउँदै आएको छ ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?