Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

रगत अभाव भएपछि पत्रकारद्वारा रक्तदान


२२ ,कात्तिक ,किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको सदरमुकाम अस्पतालमा रगत अभाव भएको छ । अस्पतालमा रगत अभाव भएपछि बिरामी मर्कामा परेका छन् ।

जिल्लामा रगत अभाव भएपछि प्रेस सेन्टर र प्रेस युनियन सङ्खुवासभाले आज सदरमुकाममा संयुक्त रक्तदान आयोजना गरेका हुन् ।

रगत अभावपछि रक्तदान गर्न नेपाल रेडक्रस सोसाइटी सङ्खुवासभाले रक्तदान गर्न अनुरोध गरेको थियो । सङ्खुवासभामा एक सरकारीसहित आधा दर्जन अस्पताल सञ्चालनमा छन् ।

चाडपर्वका कारण जिल्लामा रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न विभिन्न सङ्घ संस्थासँग अनुरोध गरेको थियो ।

दसैँ, तिहार र छठजस्ता चाडपर्वको समयमा रगत अभाव भएकाले रक्तदानका लागि अनुरोध गरिएको नेपाल नेपाल रेडक्रस सोसाइटी सङ्खुवासभाकी कर्मचारी लक्ष्मी कार्कीले बताईन् । यसअघि रगत अभाव नभए पनि चाडपर्वमा बजारमा रगत अभाव भएको उनको भनाइ छ ।

चाडपर्वले दाताको सङ्ख्या घटेका कारण जिल्लामा रगत अभाव भएपछि संयुक्तरुपमा रक्तदान गरिएको प्रेस सेन्टर नेपाल सङ्खुवासभाका अध्यक्ष अनिष विष्टले बताए । रक्तदान कार्यक्रममा १५ जना बढीले रक्तदान गरेका छन् ।

विसं २०५३ मा नेपाल रेडक्रस सोसाइटीले आकस्मिक रक्त सञ्चार सेवा भनेर स्थापना गरेको भए पनि यसले ब्लड गु्रप छुट्याउने र दाता खोज्ने गर्दछ ।

जिल्लामा ब्लड बैंक नहुँदा तत्कालै शल्यक्रिया गर्नुपर्ने, गर्भवती र गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा पर्ने गरेका छन् ।

जिल्ला अस्पताल खाँदबारीले सङ्खुवासभा र भोजपुरको उत्तर क्षेत्र र धनकुटा जिल्लाका नागरिकलाई सेवा पुर्याउँदै आएको छ ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?