Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

भूकम्पपीडितको सेवामा एमालेका जनसङ्गठन परिचालित


२२ ,कात्तिक ,काठमाडौँ । नेकपा (एमाले)का सबै जनसङ्गठनले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको सेवामा जुट्ने भएका छन् ।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज भएको जनसङ्गठन समन्वय संयन्त्रको बैठकले अहिलेसम्म गरिएका उद्धार तथा राहतको कामप्रति धन्यवाद दिँदै प्रभावित क्षेत्रमा फैलन सक्ने महामारीप्रति सचेत हुँदै राहतका अघि बढाउने निर्णय गरेको संयन्त्रका प्रमुख भानुभक्त ढकालले बताए ।

एमालेका महासचिव शङ्कर पोखरेलको उपस्थितिमा भएको बैठकमा महासचिव पोखरेलले भूकम्पपीडितको सहयोगमा सबै जनसङ्गठन प्रभावकारी रूपमा खट्न निर्देशन दिए ।

महासचिव पोखरेलले उनले पार्टीका तर्फबाट टेन्टलगायत राहत सामग्रीका विषयमा पहल भइरहेको जानकारी दिँदै तत्काल आवश्यक सामग्री जुटाएर राहत परिचालनमा लगाउनसमेत जनसङ्गठनलाई निर्देशन दिएका थिए ।

एकद्वार प्रणालीबाट राहत वितरण उचित नै भए पनि जिल्ला प्रशासन र स्थानीय तहमा राहत थन्क्याएर तीन दिनसम्म पीडितले नपाउनु चिन्ताजनक व्यवहार भएको बैठकको ठहर गरेको जनाइएकोे छ ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?