Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

महासङ्घको राहत सामग्री गृहको विपद् व्यवस्थापन समितिमार्फत


२२ ,कात्तिक ,काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले गृह मन्त्रालयको विपद् व्यवस्थापन समितिमार्फत तेस्रो चरणको राहत सामग्री हस्तान्तरण गरेको छ ।

महासङ्घले म्याट्रेस, टेन्ट, खाद्यान्न, लत्ता कपडा, औषधि, पानीसहितका राहत सामग्री प्रभावित क्षेत्रमा समितिमार्फत आज हस्तान्तरण गरेको हो । यसैगरी अन्य सङ्घसंस्थामार्फत सङ्कलित राहत सामग्रीलाई महासङ्घले सरकारको आग्रहमा ढुवानीमा सहजीकरण पनि गरिरहेको छ ।

महासङ्घले आफ्ना सबै सदस्य उद्योग वाणिज्य सङ्घ, उद्यमी व्यवसायी र व्यवसायिक सङ्घ संस्थालाई उद्धार र राहतमा सहयोग गर्न आव्हान गरिसकेको छ । महासङ्घको आव्हानमा देशभरका उद्योगी, व्यवसायी एवं शाखाबाट सहयोग आउने क्रम जारी छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महासङ्घले मुलुक विपतमा परेका बखत सधै अग्रभागमा रहेर सहयोग प्रदान गर्दै आएको छ । शुक्रवार राती जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पबाट पीडित जनताका लागि महासङ्घद्वारा राहत सामग्री पठाउने क्रम निरन्तर जारी छ । हालसम्म महासङ्घले करिब रु २२ लाख बराबरको राहत सामग्री हस्तान्तरण गरिसकेको छ ।

महासङ्घ कर्णाली शाखामार्फत कात्तिक १७ गते पहिलो चरणको राहत सामग्री हस्तान्तरण गरिएको थियो । कर्णाली शाखामार्फत नै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा दोस्रो चरणको राहत सामग्री मङ्गलबार हस्तान्तरण गरिएको महासङ्घले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?