Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

महासङ्घको राहत सामग्री गृहको विपद् व्यवस्थापन समितिमार्फत


२२ ,कात्तिक ,काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले गृह मन्त्रालयको विपद् व्यवस्थापन समितिमार्फत तेस्रो चरणको राहत सामग्री हस्तान्तरण गरेको छ ।

महासङ्घले म्याट्रेस, टेन्ट, खाद्यान्न, लत्ता कपडा, औषधि, पानीसहितका राहत सामग्री प्रभावित क्षेत्रमा समितिमार्फत आज हस्तान्तरण गरेको हो । यसैगरी अन्य सङ्घसंस्थामार्फत सङ्कलित राहत सामग्रीलाई महासङ्घले सरकारको आग्रहमा ढुवानीमा सहजीकरण पनि गरिरहेको छ ।

महासङ्घले आफ्ना सबै सदस्य उद्योग वाणिज्य सङ्घ, उद्यमी व्यवसायी र व्यवसायिक सङ्घ संस्थालाई उद्धार र राहतमा सहयोग गर्न आव्हान गरिसकेको छ । महासङ्घको आव्हानमा देशभरका उद्योगी, व्यवसायी एवं शाखाबाट सहयोग आउने क्रम जारी छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महासङ्घले मुलुक विपतमा परेका बखत सधै अग्रभागमा रहेर सहयोग प्रदान गर्दै आएको छ । शुक्रवार राती जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पबाट पीडित जनताका लागि महासङ्घद्वारा राहत सामग्री पठाउने क्रम निरन्तर जारी छ । हालसम्म महासङ्घले करिब रु २२ लाख बराबरको राहत सामग्री हस्तान्तरण गरिसकेको छ ।

महासङ्घ कर्णाली शाखामार्फत कात्तिक १७ गते पहिलो चरणको राहत सामग्री हस्तान्तरण गरिएको थियो । कर्णाली शाखामार्फत नै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा दोस्रो चरणको राहत सामग्री मङ्गलबार हस्तान्तरण गरिएको महासङ्घले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?