Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

पर्यटन मन्त्रालय मातहतका निकायबाट चार करोड बढी सहयोग


काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्पीडितका लागि सहयोग जुटाएको छ । मन्त्रलयले आज प्रधामन्त्री रहत कोषमा रू चार करोड १३ लाख ९८ हजार नौ सय ८८ सङ्कलन भएको रकम जम्मा गरेको हो । उक्त मन्त्रालय मातहतका विभिन्न निकायबाट जम्मा भएको रकम आज पर्यटनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ । उक्त सहयोग रकम जम्मा गर्नेहरुमा नेपाल नागरिक उड्डयन प्राधिकरण रू एक करोड, नेपाल वायुसेवा निगम रू पच्चीस लाख, पर्यटन बोर्ड रू ५० लाख, पशुपति क्षेत्र विकास कोष रू २१ लाख २१ हजार दुई सय ११, नेपाल पर्वतारोहण सङ्घ रू एकतीस लाख ११ हजार एक सय ११, एयर डाइनेष्टिी हेलिकप्टर रू एघार लाख एघार हजार एक सय ११, कैलाश हेलिकप्टर रू दश लाख रहेका छन् । त्यस्तै क्यासिनो मोजाङ रू पाँच लाख, क्यासिनो मोजाङ नेपालगञ्ज रू पाँच लाख, डेल्टिन क्यासिनो काठमाडौं रू पाँच लाख, क्यासिनो वेलिज काठमाडौं रू पाँच लाख, क्यासिनो प्राइड काठमाडौं रू पाँच लाख, क्यासिनो प्यालेस काठमाडौं रू पाँच लाख, क्यासिनो प्यालेस झापाले रू पाँच लाख पर्यटन मन्त्रालयमा जम्मा गरेका छन् ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?