१३ भदाै, काठमाडाैँ । एसिया कप क्रिकेटमा पाकिस्तानसँगकाे खेलमा नेपालले दाेस्राे सफलता हात पारेकाे छ । नेपालका लागि कप्तान राेहित पाैडेलले पाकिस्तानका इमाम उल हकलाई रन आउट गरे । इमाम १४ बलमा ५ रन बनाएर आउट भए ।
१३ भदौ, सिरहा । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको २५औँ सचिवालय बैठकपछि एमाले नयाँ संकल्पका साथ अगाडि बढ्ने बताएका छन् । उनले भने, “एमाले अहिले नेपालको राजनीतिको जुन स्थानमा छ, त्यसको जग र आधारविन्दु चौँथो महाधिवेशन हो । त्यही महाधिवेशनबाट जननेता मदन भण्डारी र उहाँले अगाडि सारेको
१३ भदौ, बैतडी । विषालु सर्पले डस्दा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटाल रहेको जनाइएको छ । मङ्गलबार राति भान्सामा खाना बनाइरहेकी घटाललाई सर्पले टोकेको र आज बिहान १ बजेतिर मुत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए ।
१३ भदौ, काठमाडाैँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपालले अब पहिला फिल्डिङ गर्नेछ । नेपालले पहिलो पटक विश्व
१३ भदौ, लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा प्रा डा सुवर्णलाल बज्राचार्य नियुक्त भएका छन् । सिफारिस समितिको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज उनलाई नियुक्त गरेका हुन् । उक्त पद विगत छ महिनादेखि रिक्त थियो । प्रा डा बज्राचार्य त्रिभुवन विश्वविद्यालयबाट अवकाशप्राप्त प्राध्यापक हुन्
१३ भदाै, काठमाडाैँ । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुका कामलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिएका छन् । बुधबार सभामुख, उपसभामुखसहित १० वटै संसदीय समितिको सभापतिसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन निर्देशन दिएका हुन् । उनले समितिमा आउने विधेयकहरुलाई आवश्यकता अनुसार सरोकारवालासँग छलफल गर्ने
१३ भदाै, काठमाडाैँ । एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ अपडेट हाम्रो पात्रोमै हेर्न सकिने भएको छ । नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले खेलको लाइभ अपडेट दिने जनाएको हो । आज (बुधबार)देखि पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा एसिया कप क्रिकेट सुरु हुँदै छ । हाम्रोपात्रो इंकका अनुसार हाम्रो पात्रोको एन्ड्रोइड एपमा एसिया कप
१३ भदाै, कोशी । कोशी प्रदेश क्रिकेट सङ्घ तथा मोरङ जिल्ला क्रिकेट सङ्घले संयुक्तरूपमा एसिया कप क्रिकेट खेल विराटनगरमा निःशुल्क देखाउने भएपछि खेलप्रेमीको आकर्षण बढेको छ । पहिलो पटक नेपालको एसिया कपअन्तर्गतको खेलहरू सेन्टर मलको छेउ नगर प्रहरी अगाडिको खाली जग्गामा प्रत्यक्ष प्रसारण गरिने तयारी भएको वल्र्डलिङ्क विराटनगर शाखाप्रमुख सुरज दाहालले
१३ भदाै, चितवन । लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो । दुई महिना अघि मूल्य बढेपनि गत साउन महिनामा खपत कम भएकाले तोकिएको मूल्य किसानले पाउन सकेका थिएनन् । नेपाल लेयर्स
१३ भदौ, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए । पक्राउ परेका कुर्मी