Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

एमाले नयाँ सङ्कल्पका साथ अगाडि बढ्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल


१३ भदौ, सिरहा । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको २५औँ सचिवालय बैठकपछि एमाले नयाँ संकल्पका साथ अगाडि बढ्ने बताएका छन् । उनले भने, “एमाले अहिले नेपालको राजनीतिको जुन स्थानमा छ, त्यसको जग र आधारविन्दु चौँथो महाधिवेशन हो । त्यही महाधिवेशनबाट जननेता मदन भण्डारी र उहाँले अगाडि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तको जन्मभएको थियो । ”

सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा एमालेकोे सचिवालय बैठक हुँदैछ । सो स्थानमा विसं २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भएको तत्कालीन नेकपा (माले) को चौँथो महाधिवेशनस्थलमा आजदेखि एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

सोही बैठकमा सहभागी हुन त्यहाँ जानुअघि जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “३४ वर्षपछि हामी सोही ऐतिहासिक स्थानमा फर्किएका छौँ, पक्कै पनि फेरि केही ऐतिहासिक निर्णय गर्दै एमालेलाई नयाँ उचाइमा पु¥याउने गरी हामी अगाडि बढ्ने छौँ । अहिलेको राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीले खेलिरहेको भूमिकालाई थप प्रभावकारी बनाउन यो बैठक ऐतिहासिक महत्वको हुनेछ ।”

उनले आफ्नो पार्टीलाई नेपालको राजनीतिमा स्थापित गराउन विष्णुपुरकट्टी सर्रेअम्बास बैठकले महत्वपूर्ण भूमिका निर्वाहको बताए । वरिष्ठ उपाध्यक्ष पोख्रेलले पार्टी महासचिवमा जननेता भण्डारीलाई निर्वाचित गरी एमालेलाई नेपालको महत्वपूर्ण राजनीतिक शक्तिका रुपमा स्थापित गराउन भूमिका खेलेको स्थानबाट अर्को ऐतिहासिक निर्णय गरिने विश्वास व्यक्त गरे ।

एक अर्को प्रशंगमा वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्दछ भने । उनले नेकपा (एमाले) को अडानपछि सरकार सुनकाण्डको विस्तृत अध्ययनका लागि उच्चस्तरिय आयोग बनाउन तयार भएको जनाउँदै सो आयोगमार्फत सत्यतथ्य छानबिन गर्न पार्टीले सम्पूर्णरुपमा सहयोग गर्ने जानकारी दिए ।

सचिवालय बैठकमा सहभागी हुन उनीसँगै उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुवाशचन्द्र नेम्वाङ, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु लेखराज भट्ट, रघुवीर महासेठलगायत नेताहरु त्यहाँ प्रस्थान भएका छन् ।

आज बिहान बुद्ध एयरको जहाज प्राविधिक कारणले जनकपुरमा अवतरण हुन नसकी काठमाडौँ फर्किएपछि उनीहरु पुनः अर्को जहाजबाट जनकपुर आइपुगेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अन्य केही नेता भने विराटनगर हुँदै सिरहा पुग्ने कार्यक्रम छ । एमालेको ‘हाइकमाण्ड’ का रुपमा रहेको १९ सदस्यीय सचिवालयमा हाल १८ रहेका छन् । सचिवालय सदस्य एवं पार्टी सचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि अहिले निलम्बनमा छन् ।

यसअघि यही भदौ ९ गतेदेखि बस्ने भनिएको सचिवालय बैठक निरन्तरको वर्षापछि स्थगित भएको थियो ।


प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?