Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

विराटनगरमा एसिया कप प्रत्यक्ष प्रसारण गरिने


१३ भदाै, कोशी । कोशी प्रदेश क्रिकेट सङ्घ तथा मोरङ जिल्ला क्रिकेट सङ्घले संयुक्तरूपमा एसिया कप क्रिकेट खेल विराटनगरमा निःशुल्क देखाउने भएपछि खेलप्रेमीको आकर्षण बढेको छ ।

पहिलो पटक नेपालको एसिया कपअन्तर्गतको खेलहरू सेन्टर मलको छेउ नगर प्रहरी अगाडिको खाली जग्गामा प्रत्यक्ष प्रसारण गरिने तयारी भएको वल्र्डलिङ्क विराटनगर शाखाप्रमुख सुरज दाहालले जानकारी दिए । उनले नेपालले आज घरेलु टोलीले पाकिस्तानसित पहिलो भेटअन्तर्गत् खेल्ने जानकारी दिए ।

सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३:१५ बजे हुनेछ । एसिया कप पाकिस्तान र श्रीलङ्काले सञ्चालन गर्दैछन् । गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको थियो । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो ।

एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् । बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् । प्रतियोगितामा छ राष्ट्रको सहभागिता रहने उल्लेख गरिएको छ । दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।

नेपालले पाकिस्तान विरूद्धको खेलपछि समूह चरणको दोस्रो खेल भारतसँग यही भदौ १८ गते श्रीलङ्कामा खेल्ने उल्लेख गरिएको छ । नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा चर्चामा रहेको पाकिस्तानसँग खेल्न लागेको हुँदा विश्वभरका खेलप्रेमीहरूले उक्त खेल महत्वका साथ हेरेका छन् ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।


प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?