Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिक पक्राउ


१३ भदौ, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए । पक्राउ परेका कुर्मी हाल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–९ अठलैयास्थित मामाघरमा बस्दै आएका थिए । “वडाबाट जन्मदर्ता सिफारिस लिई नागरिकताका लागि प्रहरी सर्जमिन मुचुल्का लिन आएका कुर्मीलाई शङ्का लागि सोधपुछ गर्दा भारतीय नागरिक भएको पुष्टि भएपछि नियन्त्रणमा लिइएको हो”, प्रहरी नायब उपरीक्षक पाण्डेले भने ।

राहुलले प्रतापपुर–६ कठहवा बस्ने गौरीशङ्कर कुर्मीलाई बुबा बनाई नागरिकता लिन लागेका थिए । “निज व्यक्तिले ६ नम्बर वडा कार्यालयबाट बनाएको जन्मदर्ता, नागरिकता सिफारिस तथा इलाका प्रशासन कार्यालय सेमरीबाट पठाइएको स्थलगत नागरिकता सर्जमिन मुचुल्काको पत्र नियन्त्रणमा लिएको छ”, उनले भने ।

पक्राउ परेका कुर्मीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी नागरिकतासम्बन्धी कसुर उद्योगमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।


प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?