Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

समितिको कामलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सभामुखको निर्देशन


१३ भदाै, काठमाडाैँ । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुका कामलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिएका छन् ।

बुधबार सभामुख, उपसभामुखसहित १० वटै संसदीय समितिको सभापतिसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन निर्देशन दिएका हुन् ।

उनले समितिमा आउने विधेयकहरुलाई आवश्यकता अनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुङ्ग्याउन पनि निर्देशन दिए । उनले समितिहरुले गतिका साथ काम गर्नुपर्ने पनि बताए ।

‘‘निर्णयहरु अब समितिले गतिका साथ काम गर्ने । सभाले दिएका दायित्वहरु अब समितिमार्फत पूरा गर्ने । र समितिहरुलाई प्रभावकारी ढङ्गबाट काममा अगाडि बढाएर सभालाई प्रभावकारी बनाउने कुराहरु भयो । खासगरी आएका विधेयकहरु समितिमा गएका छन् । अब आउने विधेयकहरु पनि समितिमै जान्छन् ।,’’ बैठकपछि सञ्चारकर्मीसँग बैठकबारे जानकारी दिँदै सभामुख घिमिरेले भने, ‘‘समितिमा सरोकारवालाहरुसँग आवश्यकता अनुसार बस्ने उहाँहरुको कुराहरु सुन्ने । सबै आ–आफ्नो समितिमा माननीयज्यूहरुले घनीभूत ढङ्गबाट दफावार छलफल गर्ने, छिटो टुङ्ग्याउने र सभामा ल्याउने कामका लागि विशेष अगाडि बढ्नुस् भन्ने कुराहरु सभामुखको तर्फबाट भन्ने काम भयो । उहाँहरुले त्यसलाई एकदम ठिक भयो । यो दायित्व पूरा गर्छौं भनेर उत्साहसाथ लिनुभयो ।’’

अर्थ समितिका सभापति सन्तोष चालिसेले बैठकमा समितिहरुले देशको अवस्थालाई मध्यनजर गर्दै चाँडोभन्दा चाँडो सही ढङ्गले काम गर्नुपर्ने विषयमा छलफल भएको बताए । उनले समितिले गरेका निर्णयहरुलाई कार्यान्वयन पनि गराउनुपर्नेमा बैठकले जोड दिएको जानकारी दिए ।

‘‘आर्थिक हिसाबले अहिले पनि हामी कमजोर अवस्थामा छौँ । बजार चलायमान नभएको अवस्थामा छौँ । व्यापार घाटाको अवस्थामा छौँ । निर्यात कमजोरी छ । आयात वृद्धि भइरहेको अवस्था छ । रेमिट्यान्स्ले मात्रै मुलुक धानिनुपर्ने अवस्था छ ।,’’ अर्थ समितिका सभापति चालिसेले भने, ‘‘यसबाट पार पाउनका लागि हामीले लिनुपर्ने निर्णयहरु र १० वटै समितिले खेल्नुपर्ने आ–आफ्ना भूमिकाहरु हामीले एकदमै आफूलाई देशका लागि साक्षी राखेर काम गर्नुपर्ने अवस्था भएको हुनाले चाँडाेभन्दा चाँडै सही ढङ्गले काम थाल्नुपर्‍यो । सही ढङ्गले निर्णय गर्नुपर्यो । निर्णय गर्ने मात्रै होइन निर्णयलाई लागू पनि गर्नुपर्‍यो भन्ने विषयमा आज निर्देशनहरु भए । छलफलहरु भए ।’’

यसैगरी, बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले बैठकमा समितिले हाल गरिरहेका कामहरु र विधेयकसँग सम्बन्धित कामहरुको कार्यप्रगतिको सम्बन्धमा छलफल भएको बताइन् । उनले पनि समितिको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने विषय नै सभामुखले राख्नुभएको जानकारी गराइन् ।

उनले समितिको कामको प्रभावकारिताले नै संसदको प्रभावकारिता बढ्ने भएकाले सोही अनुरुप गम्भीरतापूर्वक समितिका काम, कारबाही अगाडि बढाउन सभामुखले निर्देशन दिएको उल्लेख गरिन् ।


प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?