काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकबाट बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने छोटो दूरीको सडक निर्माण सुरु भएको छ । रोशी गाउँपालिकाअन्तर्गत बिपी राजमार्गको कटुञ्जेबाट खार्पाचोक लेखपानी-सुँगुरे-बूढाखानी-फोक्सिङटार-गोकुले-तालढुङ्गा हुँदै हेटौँडासम्म प्रादेशिक सडक निर्माण सुरु गरिएको हो । बागमती प्रदेश सरकारले उक्त सडक आयोजनाका लागि गत आर्थिक वर्षमा रु ९४ करोड ६९ लाख सुनिश्चित गरेको थियो ।
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज दुई वटा खेल हुँदै छन् । पहिलो खेलमा स्पोर्टिङ इलाम एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । यसअघि हिजो भएको धनगढी एफसी र काठमाडौं। रेञ्जर्सबिचको खेल बराबरीमा सकिएको थियो । धनगढी र काठमाडौंबीचको खेल १/१ गोलको बराबरीमा सकिएको हो । उक्त
वीरगञ्ज,पर्सा। हिमालयन डिष्टिलरीले वीरगञ्ज महानगरपालिका–२१ स्थित लिपनीबिर्ता स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेको छ । त्यस्तै, वडा कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले स्वास्थ्य चौकीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका छन् । वडा नं २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री यादवले उद्योगी
मन्थली,रामेछाप। लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यावहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताएका छन् । पीडित छात्राले आफुमाथि शिक्षक सार्कीले यौन दुर्व्यावहार गरेकाले
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्नेछ । उक्त बैठकमा हिजो पेस भएको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने पार्टी प्रवक्ता जग्गनाथ खतिवडाले जानकारी दिएका छन् । बैठकमा संगठन विभाग प्रमुख र उपाध्यक्ष वेदुराम भुसालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश
गण्डकी। नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आजदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ । कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए । उक्त सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारी समेत उपस्थित हुने
काठमाडौँ । आउँदो चैत महिनामा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने विषयमा काठमाडौँ महानगरपालिकाको सूचना प्रविधि समितिले छलफल थालेको छ । प्रवक्ता एवं समितिका संयोजक नविन मानन्धरको संयोजकत्वमा बसेको बैठकले, महानगरबासीलाई सरल, सहज र अनुमान योग्य सेवा प्रदान गर्न अत्याधुनिक आविष्कार, नविनतम सोच र प्रविधिलाई सम्मेलनमा कसरी जोड्न सकिन्छ, युवा, साझेदार
झापा। दक्षिण झापाको हल्दिबारी गाउँपालिका–४ च्याङ्ग्राबन्ध गाउँमा पुरातात्विक महत्त्वका सामग्री भेटिएका छन् । स्थानीयवासीले खेतबारी जोत्ने र खाल्डो खन्ने क्रममा अनौठा इँटा, भाँडाकुँडा र इनार भेटेका हुन् । “ती सामानको कुनै सरकारी निकायबाट खोज तथा अनुसन्धान भएको छैन । बारीमा तरकारी लगाएका थियौँ,” स्थानीय मञ्जु बरालले भनिन्, “ट्युबेलको पानीले पुग्दैन
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रिपोर्ट कार्ड मागेका छन् । कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेसले सरकारको नेतृत्व लिन ढिला गर्न नहुने बताएका छन् । उनले भने, ‘सरकारको कामकारबाहीको कुरा आइराखेको छ । मैले सुनेको अर्थमन्त्रीजी यही हुनुहुन्छ । पुस ५ देखि १०
धनगढी। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन् । डा. केसीले विभिन्न माग राखेर ७२ घण्टा अनसन बस्ने घोषणा गरेका थिए । ७२ घण्टा पूरा भएपछि उनले अनसन तोडेका हुन् । गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र