Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

प्रदेश राजधानी जोड्ने सडक निर्माण सुरु


काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकबाट बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने छोटो दूरीको सडक निर्माण सुरु भएको छ । रोशी गाउँपालिकाअन्तर्गत बिपी राजमार्गको कटुञ्जेबाट खार्पाचोक लेखपानी-सुँगुरे-बूढाखानी-फोक्सिङटार-गोकुले-तालढुङ्गा हुँदै हेटौँडासम्म प्रादेशिक सडक निर्माण सुरु गरिएको हो ।

बागमती प्रदेश सरकारले उक्त सडक आयोजनाका लागि गत आर्थिक वर्षमा रु ९४ करोड ६९ लाख सुनिश्चित गरेको थियो । चालु आवमा रु सात करोड विनियोजन गरी निर्माण सुरु भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । उक्त कार्यालयमार्फत पहिलो चरणमा १५ किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान भइसकेको छ । सडक खस्नबाट रोक्न पर्खाल लगाउने, स्ल्याब, कलभर्ट निर्माण तथा ह्युमपाइप बिछ्याउनेलगायत संरचना निर्माण हुनेगरी रु ५१ करोड ४४ लाख लागतमा निर्माण व्यवसायी सिद्ध बाबा-ग्रिन ताराले ठेक्का सम्झौता गरेको छ ।

उक्त आयोजनाको बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा र प्रदेशसभा सदस्य रत्न ढकालले संयुक्तरूपमा एक कार्यक्रमबीच काभ्रेपलाञ्चोकको रोशीस्थित कटुञ्जेमा सोमबार शिलान्यास गरे ।

त्यस्तै, बागमती प्रदेश सरकारले छ हजार किलोमिटर सडकलाई प्रादेशिक सडकमा सूचीकृत गरेर प्राथमिकताका आधारमा कालोपत्र गर्दै जाने बताएको छ ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?