Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

मन्त्रीहरूको होइन प्रधानमन्त्रीज्यू, हामीलाई तपाईँको रिपोर्ट कार्ड चाहिएको छ


काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रिपोर्ट कार्ड मागेका छन् । कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेसले सरकारको नेतृत्व लिन ढिला गर्न नहुने बताएका छन् ।

उनले भने, ‘सरकारको कामकारबाहीको कुरा आइराखेको छ । मैले सुनेको अर्थमन्त्रीजी यही हुनुहुन्छ । पुस ५ देखि १० गतेसम्म प्रधानमन्त्रीले काठमाडौं नछाड्नु भनेको मैले सुनेको छु । रिपोर्ट कार्ड हेर्ने होला । म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु । देशको प्रधानमन्त्रीले कस्तो काम गरे भन्ने कुरा हुन्छ । अनि प्रधानमन्त्रीले रिपोर्ट कार्ड लिने रु हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो । प्रधानमन्त्रीज्यू तपाईँको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ ।’

संसदीय व्यवस्थामा मन्त्रीहरूले राम्रो नराम्रो काम जस्तो गरे पनि त्यसको सबै जस–अपजस प्रधानमन्त्रीले लिनुपर्ने उनको भनाइ रहेको छ । उनले अहिले गणतन्त्रमाथि देशभर आक्रमण भएको पाइएको बताए । जनताको निराशा र आक्रोश गणतन्त्र, सङ्घीयताप्रति नभई नेतृत्वप्रति भएको उनको बुझाइ छ ।

यस्तै कांग्रेस सबैभन्दा ठूलो पार्टी भए पनि कसैको बैसाखी टेकेर आए जस्तो आभाष भएको नेता कोइरालाले बताए । उनले एकले अर्काको खुट्टा तान्ने नभई एकताबद्ध भएर पार्टीलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ।

उनले भने, तपाईँहरू कांग्रेस सकियो भन्नुहुन्छ । हामीहरूले हाम्रो सङ्गठनलाई चुस्त बनाएर लगौँ भने कसैले हराउन सक्दैन । हामीलाई हाम्रो साथीहरूसँग मात्रै डर लाग्छ । हामीले सङ्गठन र विकासलाई सँगै लानुपर्छ ।’


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?