Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

डा. गोविन्द केसीले तोडे ७२ घण्टापछि अनसन 


धनगढी। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन् । डा. केसीले विभिन्न माग राखेर ७२ घण्टा अनसन बस्ने घोषणा गरेका थिए । ७२ घण्टा पूरा भएपछि उनले अनसन तोडेका हुन् ।

गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका केसी अनसन तोडेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुनेछन् ।

 


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?