Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

समाचार


नेविसङ्घ काठमाडौँको अध्यक्षमा डङ्गोल

 २८ फागुन ,काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौँ जिल्लाको अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिएको छ । नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसङ्घको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि शनिबार डङ्गोललाई जिम्मेवारी प्रदान गरेका हुन । डङ्गोल काठमाडौँ महानगरपालिका–२६ सामाखुशीका स्थायी बासिन्दा हुन्‌ ।

आजको मौसम : मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

२८ फागुन, काठमाडाैँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार प्रि–मनसु गतिविधि सक्रिय रहेकाले पछिल्ला दिनमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा

दश महिनापछि लाम्पाटा–दरवाङ सडक निर्माण सुरु

२८ फागुन , म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्डका ठेकेदार १० महिनापछि काममा फर्किएका छन् । विसं २०७९ वैशाखदेखि रोकिएको म्याग्दीको लाइफ लाइन मानिएको सो सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो । गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालय

खोलामा अवैध उत्खनन हुँदा किसान चिन्तित

 २८ फागुन , तुलसीपुर । खोलामा अवैध उत्खनन हुँदा दाङको शान्तिनगर गाउँपालिका–२ र ५ का किसान चिन्तित बनेका छन् । स्थानीय बहुला खोलामा अवैध उत्खन गरी गहिरा खाडल पारिएको छ । यसले गर्दा कुलोमा पानी जाने अवस्था नरहेको किसान दलबहादुर विष्टले गुनासो गरे। “खोलाको दुईपट्टि खेत छ, ठूला–ठूला खाडल पारिएको

तनहुँ जलविद्युत् आयोजनाः डाइभर्सन टनेलको ब्रेक थ्रु

२८ फागुन ,दमौली ।  तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘डाइभर्सन टनेल’ (सुरुङ)को ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाले छ सय २६.९२ मिटर लम्बाइको डाइभर्सन टनेलको निर्माण सम्पन्न गरेको हो । उक्त टनेलबाट नदीको पानी निकास गर्न सकिने आयोजनाले जनाएको छ । आयोजनाको

एक्यापको क्षेत्र स्थानीय तहले उपयोग गर्न पाउनुपर्ने माग

२८ फागुन ,अन्नपूर्ण (कास्की) । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को क्षेत्र स्थानीय पालिकाले उपयोग गर्न पाउनुपर्ने एक्यापभित्रका पालिकाहरूले माग गरेका छन्। शनिबार कास्कीको माछापुच्‍छ्रे गाउँपालिकामा आयोजित समन्वयात्मक कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्षहरूले यस्तो माग गरेका हुन् । माछापुच्‍छ्रे गाउँपालिकाको संयोजनमा एक्यापभित्र पर्ने १५ पालिका प्रमुख र उपप्रमुखहरू भेलाले छ बुँदे माग

आज मिति २०७९ साल फागुन २८ गते आइतबार, हेर्नुहोस् आजको राशीफल

आज मिति २०७९ साल फागुन २८ गते आइतबार । आजको राशीफल यस प्रकार रहेको छ। मेष - आकस्मिक धन लाभ हुने योग छ। यात्राको पनि योग छ। दिन रमाइलोसँग बित्ने छ।धन खर्च भएपनि मन प्रफुल्ल रहने छ। दिन राम्रो छ। मिष्ठान्न भोजन प्राप्ति होला। कार्यमा सफलता पाइनेछ। बृष - अरुको भर

म्याग्दी तथा हिमालपारिको प्रवर्द्धन सम्पन्न

२७ फागुन, गण्डकी । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)द्वारा आयोजित चार दिवसीय प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहयोगमा गरिएको प्रवद्र्धनात्मक कार्यक्रममा पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीको सहभागिता थियो । कोरोनालगायतका विभिन्न कारणले सुस्ताएको पर्यटनलाई पूर्ववत्

खुकुरीसहित एक जना पक्राउ

काठमाडौँ, २७ फागुन। रत्न राज्यलक्ष्मी क्याम्पसबाट खुकुरीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावी कार्यक्रमअन्तर्गत आज उम्मेदवारी दर्ताका क्रममा खुकुरी देखाएपछि विद्यार्थी मनोज चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । उनका अनुसार क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियूबीच मनोनयन दर्ताको विषयलाई

उपत्यकाको एकीकृत विकासका लागि फोरम गठन

काठमाडौँ, २७ फागुन।  काठमाडौँ उपत्यकाको एकीकृत विकास गर्नका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको संयोजकत्वमा उपत्यका प्रमुख प्रशासकीय अधिकृत फोरम गठन भएको छ । अन्तरपालिका सम्बन्ध, साझा कार्यक्रम, सहयोग र समन्वय सिकाइ, भोगाइ र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले फोरम गठन गरिएको हो । फोरममा सार्वजनिक महत्वका विषयमा समान

सम्वन्धित समाचारहरु